Bisal Chautari Logo

चितवन प्रिमियरमा ‘संरक्षण’ले तारिफ पायो || रेडकार्पेटमा मलिना र अशिष्मा

- २६ श्रावण २०७४, बिहीबार ११:४१ मा प्रकाशित


SANRAKSHAN Nepali Movie red carpet premiere in chitawan
विशाल चौतारी समाचार
चितवन, २०७४ श्रावण २६ बिहिबार । यही शुक्रबार साउन २७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘संरक्षण’को बुधबार चितवनमा प्रिमियर गरिएको छ । जल्मा हलमा गरिएको चलचित्रको रेड कार्पेट प्रिमियरमा अभिनेत्रीद्धय मलिना जोशी र अशिष्मा नकर्मी, निर्माताद्धय प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्रीवास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुशान्त श्रेष्ठ लगायत उपथिती रहेको थियो ।
SANRAKSHAN Nepali Movie red carpet premiere in chitawanचलचित्र ‘संरक्षण’को प्रिमियरमा सहभागीले फिल्मको तारिफ गरेका छन् । तराईको राजनीतिलाई जस्ताको त्यस्तै पर्दामा उतारिएको प्रिमियरमा सहभागीको भनाई छ । फिल्ममा निखिल उप्रेती र सौगात मल्ल, रमेश रंजन झा, मलिना, अशिष्मा, प्रमोद, राज, रेखा शाह लगायतको अभिनय रहेको छ । सौगात र निखिल भने चितवनको प्रिमियरमा सहभागी भएनन् ।
प्रवेश मल्लिकको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्र ‘संरक्षण’मा हिमाल केसीको द्धन्द्धनिर्देशन रहेको छ ।

प्रतिक्रिया