Bisal Chautari Logo

भ्यालेन्टाइन डे जोडीहरुका लागी गायक सन्तोष लामाको ‘के यो माया हो’ सरप्राइज (भिडियो सहित)

- १ फाल्गुन २०७४, मंगलवार १२:१८ मा प्रकाशित


Santosh Lama valentines day song K Yo Maya Ho
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ फाल्गुन १ मंगलबार । प्रणय दिवस भ्यालेन्टाइन डेलाई विषेश बनाउन चर्चित गायक सन्तोष लामाले आफ्ना फ्यानहरुका लागी ‘के यो माया हो’बोलको गीत सार्वजनिक गरेका छन् । भ्यालेन्टाइन डे जोडीहरुका लागी यो गीत विशेष सरप्राइज हुनेछ ।
सन्तोष लामाको स्वर रहेको गीतमा शब्द रोहित बस्नेत र संगीत सुबिर पन्तको छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । यो गीत लालिगुराँश एल्बममा समावेश गरिएको छ ।
रोहित बिक्रम कार्कीले निर्देशन गरेको भिडियोमा आशिष पुरुष र सारिका सुनारको अभिनय छ । भिडियोमा दुबईका रमणीय स्थानहरुमा छाँयांकन गरिएको छ ।
यस भिडियोको छाँयांकन निर्देशक स्वयम रोहितले गरेका छन् । सम्पादन सुरेश राउतको छ । सार्थक डिजिटलले गीतको अडियो र भिडियो बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस् :


Song:- Ke Yo Maya Ho
Vocal:- Santosh Lama
Lyrics:- Rohit Basnet
Music:-Subir Pant
Audio / Video:- Sarthak Digital
A brand new Nepali song with perfect video.
Director:-Rohit Bikram Karki
Edit:-Suresh Raut
Cinematographer:-Rohit Bikram Karki
Model :- Ashish/Sarika

प्रतिक्रिया