Bisal Chautari Logo

कोरोना भाइरसका कारण हलहरु बन्द || सर्‍यो ’चपली हाइट ३’को प्रदर्शन

- ७ चैत्र २०७६, शुक्रबार ०९:२४ मा प्रकाशित


chapali height 3 swastima khadka
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ चैत्र ७ शुक्रबार ।
नेपाल सरकारले करिब डेढ महिना चलचित्र हल बन्द गर्ने निर्णय गरिसकेको छ । भने यस कदमलाई स्वागत गर्दै देशभरका हलहरूले विज्ञप्ति जारी गर्दै वैशाख १८ गतेसम्म हल बन्द हुने जानकारी गराइसकेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न चालेको यो कदमको चौतर्फी प्रशंसा भएको छ । वैशाख दोस्रो हप्तासम्म हल बन्द हुने भए पछि प्रदर्शनको लागी तयार चलचित्र मर्कामा परेका छन् । नयाँ वर्षको सुरुवातको समयमा राम्रो व्यापार हुने भएकाले प्रतीक्षित चलचित्रले चैत वैशाखमा प्रदर्शन मिति तोकेका थिए । हल बन्द गरिने निर्णय सँगै चलचित्रले प्रदर्शन स्थगन गरेका छन् । मङ्ग्लबार नै चलचित्र ‘लक्का जवान’ ’प्रेमगीत ३’ लगायत चलचित्रले प्रदर्शन स्थगित गरिसकेका छन् भने चलचित्र ’चपली हाइट ३’को पनि प्रदर्शन रोकिएको छ । चैत २८ मा रिलिज हुने भनिएको चलचित्रको प्रदर्शन रोकिएको निर्माण पक्षले जानकारी दिएको छ ।
निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै सरकारले चालेको कदमलाई आत्मसाथ गर्दै अर्को सूचना न आए सम्मको लागी चलचित्रको प्रदर्शन मिति स्थगित गरिएको बताएको छ । दर्शकको स्वास्थ्यलाई ख्यालमा राख्दै बिहीबार वाट देशभरका सिनेमा हल बन्द भैसकेका छन्

प्रतिक्रिया