Bisal Chautari Logo

 ६ तस्वीरमा हेर्नुहोस विश्वकै सुन्दर यी ६ वर्षीया बालिका

- ८ फाल्गुन २०७४, मंगलवार १०:४५ मा प्रकाशित


See 6 pictures of the world’s beautiful 6-year-old girl
एजेन्सी
काठमाडौं , २०७४ फाल्गुन ८ गते मंगलबार । सेलिब्रेटीहरुको लोकप्रियता आजकल सामाजिक सञ्जालमा उनीहरुलाई पछ्याउने फ्यानहरुको आधारमा गर्ने गरिन्छ । त्यसै आधारमा भन्ने हो भने रुसकी एक ६ वर्षिय बालिका ठूला–ठूला सेलिब्रेटीभन्दा पनि लोकप्रिय छिन् । उनी हुन्– एनास्टासिया न्याजेवा ।

एनास्टासिया संसारभरका बालबालिकाहरुमै सबैभन्दा राम्री मानिन्छिन् । उनको निर्दोष अनुहार र निलो आँखाले जो–कोहिको पनि मन लोभ्याउछ । यि बालिकालाई संसारकै सबैभन्दा सुन्दर बालिका भनिएको छ । सामाजिक संजालमा भाईरल भइरहेको यि बालिकाको लगातार फलोअर्स बढिरहेका छन् । विश्वको ठूलाठूला र चर्चित पत्रिकाहरुले समेत यी बालिकाको विषयमा समाचार बनाएका छन् ।

इन्स्टाग्राममा उनका लाखौं फलोअर्स पुगिसकेका छन् । चार बर्षको उमेरमा उनको एकाउन्ट खोलिएको थियो । दुई वर्षको अन्तरमा उनलाई लाखौंले फलो गरे । उनले रुसका विभिन्न स्टोर तथा ब्राण्डहरुको लागि मोडलिङ्ग गर्छिन् ।

 

प्रतिक्रिया