Bisal Chautari Logo

बाढीपीडितका लागि धुर्मुस-सुन्तली बनाइदिएको सुन्दर सहर सात फोटोमा हेर्नुहोस

- ९ माघ २०७४, मंगलवार १२:४१ मा प्रकाशित


See beautiful city in seven photos
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ ०९ मंगलबार । सुन्तली फाउण्डेसनले चौथौ एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरमा बाढीपीडितका लागि चौथौ एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गरेको हो ।
जीर्ण झुपडीमा बस्दै आएका माझी मुसहर, दुसाद, लोहार र हजामका ४७ परिवारका लागि फाउन्डेसनले घर निर्माण गरेका छन् । दलित बस्तीका बासिन्दाले २१ माघदेखि वास्तवमै सुविधासम्पन्न घरमा बस्न पाउने निश्चित भएको छ ।
बाटोघाटो, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू–टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, नमुना क्लव घर, चिड्रेन पार्क र मन्दिरसहित ४७ आवासीय घर यहाँ बनिरहेका छन् । गत असोज ४ गतेबाट सुरु भएको सो परियोजना माघको २१ गते हस्तान्तरण गर्ने लक्ष्यका साथ तीव्रताका साथ काम भइरहेको छ । नमुना बस्तीको ९० प्रतिशत निर्माण कार्य पूरा भएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीतारामले जानकारी दिएका छन् ।

प्रतिक्रिया