Bisal Chautari Logo

जनकपुर उपमहानगरपालिकामा राजपा विजयी

- ८ आश्विन २०७४, आईतवार १०:३४ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
जनकपुर, २०७४ असोज ८ आइतबार । धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालका लालकिशोर शाह दश हजार मतान्तरसहित विजयी भएका छन् । उनले २१ हजार ९ सय तीन मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोजकुमार शाहले ११ हजार १ सय ६४ मत प्राप्त गरे । जनकपुर कांग्रेसको गढ मानिएको क्षेत्र हो ।
त्यसैगरी उपमेयरमा पनि राजपा नेपालकै रिता झा विजयी भइन् । उनी १७ हजार १ सय ४८ मत सहित उपमेयरमा विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी निलम कर्णले भने १० हजार ६ सय पाँच मत प्राप्त गरिन्।
२५ वडा रहेको जनकपुरमा उपमहानगरपालिकामा १२ वडामा राजपा नेपाल, ७ मा नेपाली काँग्रेस, ३ मा संघीय समाजवादी फोरम, २ मा एमाले र १ मा स्वतन्त्र उम्मेद्वारले विजय हासिल गरे । राजपाबाट मेयर जितेका लालकिशोर कांग्रेसर्क पुराना कार्यकर्ता हुन् । पञ्चालयकालदेखि कांग्रेसमा लागेका उनी पहिलो मधेस आन्दोलन र संविधानसभा चुनावमा पनि कांग्रेसमै थिए । पछिल्लो समयमा मात्रै उनी राजपमा आएका हुन् । तर, कांग्रेसको सोचमा परिर्वतन नभएको महसुस गरेपछि पार्टी छाडेको बताएका छन् ।
रासस

प्रतिक्रिया