Bisal Chautari Logo

यो बर्षको विश्वको सात उत्कृष्ट तस्बिरहरू

- १२ पुष २०७४, बुधबार १२:२९ मा प्रकाशित


एजेन्सी   
काठमाडौँ ,२०७४ पुस १२ बुधबार ।
गत वर्ष अन्तर्राष्ट्रिय मिडियाहरूले लिएका हजारौँ तस्बिरहरूमध्ये सात चर्चित तस्बिर यस्ता छन्ः

आतंकको बीचमा बालक (अफगानिस्ता)
सन् २०१७ मा अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाकर्मी र आतंककारी समूहबीच भिडन्त भइरहँदा एक बालक टुलुटुलु सुरक्षाकर्मीलाई हेरिरहेको तस्बिर सबैभन्दा उत्कृष्ट मानिएको छ ।

 

 

 

नदी पार गर्दै रोहिंग्या (बंगलादेश)
म्यानमारको रोहिंग्या शरणार्थी नदी पार गर्ने क्रममा भोगेको पीडा दोस्रो शक्तिशाली तस्बिर हो । म्यानमार सैनिकको कारबाही सहन नसकी लाखौँ रोहिंग्या बंगलादेशमा शरणार्थी बनेका छन् ।
तस्बिरमा ती महिलालाई बचाउन धेरै सहयोगीले हात दिइरहेका छन् । तीमध्ये तस्बिर लिने फोटोग्राफरले समेत महिलालाई खाडलबाट बाहिर ल्याउन आफ्नो बायाँ हात दिएका छन् ।

 

 

 

खण्डहर बेडरुममा घरमालिक(सिरिया)
मध्यपूर्वी एसिया सिरियाको गृहयुद्ध पूरा भएको छैटौँ वर्षको अवसरमा लिइएको तस्बिर तेस्रो उत्कृष्ट हो । ९ मार्चमा ७० वर्षीय वृद्ध व्यक्ति कामै नलाग्ने खण्डहर घरमा आरामपूर्वक बसिरहेका छन् । आफ्नो निजी बेडरुममा उनी सिगारको आनन्द लिइरहेका छन् ।

 

 

 

 

उनको मिसाइल नजर (उत्तर कोरिया)
यो तस्बिर उत्तर कोरियाका नेता किम जोङ उनको हो । सेप्टेम्बरमा उत्तर कोरियाले साना र ठूला गरी दुई क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसमध्ये हुवाङसाङ–१२ को क्षेप्यास्त्र परीक्षण गर्दा उन पनि परीक्षणस्थलमै पुगेका थिए।

 

 

 

 

आगोबीच गल्फ (क्यालिफोर्निया)
क्यालिफोर्नियामा इतिहासकै ठूलो डढेलो लाग्यो । क्यालिफोर्नियाको ५० हजार एकड जंगलमा डढेलो लागेको थियो । घटनाबारे अमेरिकामा मात्र नभएर विश्वका धेरै राष्ट्रले समेत चासो देखाएका थिए । सोही घटना क्यामेरामा कैद गर्न एसोसिएट प्रेसका फोटोजर्नालिस्ट खुला मैदानमा पुगेका थिए । अचम्म के रह्यो भने फोटो लिन पुगेको खाली मैदान गल्फ कोर्स रहेछ ।

 

 

 

 

संसद्मै छोरीलाई स्तनपान (अस्ट्रेलिया)
यस वर्ष अस्ट्रेलियन संसद्मा कसैले नसोचेको घटना भयो । संसद्भित्र कारबाही चलिरहँदा सिनेटर लैरिया वाटर्सनले आफ्नी दुईमहिने छोरी आलियालाई स्तनपान गराइन् ।
ग्रिन्स पार्टीको सिनेटर वाटर्सनले विशेष रोगबारे भाषण दिइरहँदा आलिया रोएकी थिइन् । भाषणबीचमै रोकी उनले छोरीलाई स्तनपान गराइन् ।

 

 

 

प्रेमिकाको सुरक्षा(अमेरिका)
स्टिफन पेडोकले अमेरिकाको लास भेगासमा भएको सांगीतिक कन्सर्टमा अन्धाधुन्द गोली चलाएका थिए । २२ हजार दर्शकबीच पेडोकले गोली चलाउँदा ५९ व्यक्तिले ज्यान गुमाए ।
यसैगरी पाँच सय २७ जना घाइते भए । पेडोकले गोली चलाइरहँदा कन्सर्टस्थलमा भागदौड मच्चियो । एक महिला भाग्न नसकेपछि भुइँमै लडिन् । ती महिलालाई गोली नलागोस् भनी उनका प्रेमीले शरीर ढाक्ने प्रयास गरेको देखिन्छ ।

 

 

ट्रम्पको ह्वाइटहाउस प्रवेश(वासिङ्टन)
राष्ट्रपतिको शपथ लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २० जनवरीमा ह्वाइटहाउस प्रवेश गरेका थिए । ट्रम्पसँगै फस्र्ट लेडी मेलानिया पनि राष्ट्रपति निवास छिरिन् ।

निवर्तमान राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल नवनियुक्त राष्ट्रपति ट्रम्पलाई भवनभित्र प्रवेश गराउन उपस्थित भएका थिए । ट्रम्प छिटो हिँड्दा उनकी श्रीमती मेलानिया पछाडि परिन् ।

प्रतिक्रिया