Bisal Chautari Logo

इटहरीमा सात जनाको शव पानीमा भेटियो

- २८ श्रावण २०७४, शनिबार ०७:५८ मा प्रकाशित


Seven people were found in water in Itahari
विशाल चौतारी समाचार
विराटनगर,२०७४ श्रावण २८ शनिबार । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ ।
itahari

भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउामा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उनकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउा बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०/३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया