Bisal Chautari Logo

बिचरा !! एयरपोर्ट हुदै हायात देखी याक यण्ड यती बाहिर सम्म साहरुखको पर्खाइमा फ्यानहरु (फोटो फिचर)

- २६ फाल्गुन २०७१, मंगलवार १८:४४ मा प्रकाशित


shah rukh khan in nepal fan
विशाल राई (तस्बिर सहित)
खोटाङ, २०७१, फल्गुन २६, मंगलबार । बलिउड किङ खान अभिनेता साहरुख खान नेपाल आएर हिजै फर्किसकेका छन् । तर बाकि कुरा रर्‍यो अभिनेता साहरुख को फ्यानहरुको ।

shah rukh khan in nepal fan (7)
photo by nagariknews.com

विश्वमै सर्वाधिक फ्यान बनाउन सफल अभिनेता साहरुख विश्वकै दोस्रो धनी कलाकार हुन् । उनले धनी कलाकारमा हलिउड अभिनेता टम क्रुज जस्तालाई उछिनिसकेका छन् । सोही अभिनेतालाई रुचाउने लाखौ नेपाली फ्यानहरु एक नजर देख्नको लागी तड्पिरहेका थिए ।

shah rukh khan in nepal fan (4)
अभिनेता साहरुख खान आउने कुरा गत आइतबार नै चलेको थियो । तर त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनका कारण अभिनेता साहरुख सोमबार मात्र आउन सफल रहे । मिडियामा सोमबार ३ बजे एयरपोर्ट आइपुग्ने समाचार सम्प्रेशन भएपछी अभिनेता साहरुखका फ्यानहरु नेपालमा स्वागत गर्नका लागी २ बजे नै त्रिभुवन विमान स्थल पुगीसकेका थिए । त्रिभुवन विमान स्थलमा आउने फ्यानहरु कलेज ड्रेसदेखी बुढापाका सम्म थिए । लामो सयमको पर्खाइपछी ३ बजेर ३० मिनेट जाँदा अभिनेता साहरुख पर्खाइमा रहेका र्‍यानहरुलाई हात हल्लाउदै गाडिबाट नमस्कार समेत गरे । मिडिया र फ्यानहरुले एयरपोर्टमै घेरिएका अभिनेता साहरुखलाई सुरक्षा दिदा केही झडप समेत भयो ।

shah rukh khan in nepal fan (1)
अभिनेता साहरुख खान गाडिमा पसेपछी फ्यानहरु उफ्रिदै गाडीको पछाडी–पछाडी दैडिरहेका थिए । त्रिभुवन विमान स्थलबाट बाहिरिएका अभिनेता साहरुखलाई कडा सुरक्षाका साथ हायात होटल पुर्‍याइयो । हायात होटल पुगेका साहरुख खानलाई त्यहाँ पनि भव्य स्वागत गरियो । हायातमा आयोजना भएको पत्रकार सम्मेलनमा साहरुख खान करिब २ घन्टा ढिलो आइपुगे । पत्रकार सम्मेलनमापनि अभिनेता साहरुख खासै धेरै बेर बसेनन् । पत्रकार सम्मेलनको अन्तमा सेल्फि तस्बिरका लागी धेरै अफर आएपछी अभिनेता साहरुख एक्कासी मिडिया फ्यानहरुका माझमा घेरिए । त्यहापनि अभिनेता साहरुखलाई सुरक्षा दिन सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे पर्‍यो ।

shah rukh khan in nepal fan (2)
हायात होटल भित्रको त ठिकै हो, तर हायात बाहिर निस्कदा अभिनेता साहरुख खानका फ्यानहरु पुरै साहरुख…. साहरुख….. भन्दै हुटिङ लगाएर उभिरहेका थिए । धेरै फ्यानहरुले साहरुखको तस्बिर र नाम राखेर पोष्टर बनाई साहरुखको पर्खाइमा रहेका थिए । धेरै फ्यानहरुको भिडका कारण चावहिल चुच्चेपाटी सडक पुरै जाम रहेको थियो ।

shah rukh khan in nepal fan (6)
हायातमा करिब ४ घन्टा बसेपछि साहरुख दरबारमार्गस्थित याक एन्ड यती होटलमा पुगेको खबर साहरुखका फ्यानहरुले पाए । सो खबर पाउना साथ फेरी त्यही फ्यानहरु याक एण्ड यति होटलको गेटमा पखिएर बसिरहे । तर साहरुख आउने भएकाले याक एन्ड यतिमा सुरक्षा अत्यन्त कडा पारिएको थियो । जसका कारण पनि उनलाई हेर्न पुगेका फ्यान निराश भए । रात बित्दै गएपछी फ्यानहरु बिस्तारै कम हुदै गइरहेका थिए । सो समयमा अभिनेता साहरुख इण्डिया फर्किनका लागी तमतयार भइरहेका थिए ।

shah rukh khan in nepal fan (3)shah rukh khan in nepal fan (5)

YOUR COMMENT HERE

प्रतिक्रिया