Bisal Chautari Logo

संगीता बायुङको ७ समुन्द्र पारिका भावना र बेदनाहरु (संगीतकार शान्तिरामको अन्र्तवार्ता सहित)

- २१ जेष्ठ २०७१, बुधबार ०६:४० मा प्रकाशित


Shanti Ram Rai And Sangita Bayung Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, २१ बुधबार । नेपाली साङ्गीतिक क्षेत्रमा पछिल्लो समय विदेशबाट बसेर गरिएका सृजनाहरु अब्लल ठहरिन थालेका छन् । यस्तै अब्बल सृजनाहरुको भिडमा गीतकार संगीता बायुङ राई थपिएकी छिन् । उही हाम्रै समाजमा हामिले नै भोगिरहेको प्रेम, जिन्दगी, तथा पृकृतीका पक्षहरुलाई गीतको माध्ययमबाट गीतकार बायुङले एल्बममा समावेश गरेकी छिन् ।Shanti Ram Rai And Sangita Bayung Rai (1)
ओखलढुंगा जिल्ला रागादिप १ मा जन्मिएकी गायिका संगीता बायुङ राई हाल २००५ देखि युकेमा आफ्ना परिवारका साथ बस्दै आएकी छिन् । गीतकार संगीता बायुङ फुर्सदको समयमा नेपाली गीत संगीत सुन्ने गरेको बताउछिन् । भन्छिन्–‘हामिले नसुने हाम्रो गीत,संगीत कस्ले सुन्ने, अनी कसरी नेपाली संगीतको बिकाश हुन्छ ?, गीतकार बायुङले बताइन् । सधै फुर्सदको समयमा गीतहरु पहिल्यैदेखी सृजना गर्ने हुनाले नेपाली साङ्गीतिक क्षेत्रका दर्शकहरुलाई केही फरकपन दिने उद्देश्यले एल्बम ल्याएको संगीता बायुङले बताइन् । Shanti Ram Rai And Sangita Bayung Rai (2)
विशाल चौतारीसंगको कुराकानिमा आफ्नो बाल्यकालको बारेमा बोल्दै गीतकार बायुङले आफु १४, १५ वर्षदेखि नै कापीको पानामा कोर्ने गरेको बताइन् । त्यही समयताका नै मलाई एल्बम निकाल्ने त, मन थियो तर एल्बम निकाल्ने सोच, जागर र समय अहिले मिलेपछि एल्बम ल्याएको हो’, बायुङले बताइन् । गीत लेखनको सुरुवाती आधुनिक तथा लोकगीतहरुबाट सुरुवात गरेको बताइन् ।
आफ्नो बजारमा आएको एल्बमको बारेमा बोल्दै गीतकार संगिता बायोङले एल्बममा समग्र रुपमा नेपाली सांगीतिक क्षेत्रका दर्सक श्रोताहरुले अन्य गीत भन्दा फरक पाउने बताए । एल्बमका गीतहरुलाई वरिष्ठ संगीतकार शान्तिराम राईले गीत अनुसार संगीत दिएकालेपनि एल्बमका सबै गीतहरु बिशेष बनेको बताए । एल्बमका गीतहरु किन पनि फरक छ, भने ‘मेरो भावनाहरु आफ्नो गाउँ घर देखि लिएर ७ समुन्द्र पारिका भावना र बेदनाहरु समेटेको छु’, गीतकार बायुङले बताइन् ।
एल्बमको शिर्ष गीत ‘फुल जस्तै माया’ बोलको गीतलाइ नै म्युजिक भिडियो गर्नु को कारण यो गीतमा आफ्नो वास्तविक भावनाहरु समेटिएको हुनाले नै म्युजिक भिडियो गरेको गीतकार राईले बताइन् । त्यससंगै संगीतकार शान्तिराम राई र गायिका अन्जु पन्त ज्यु ले पनि मिठो स्वरमा गाइदिनु भएकोले अनी एल्बमको नाम पनि यही राखेकोले म्युजिक भिडियो गरेको बताए ।
अन्तमा नेपाली गीत संगीतका मेरा गीतहरु सुन्ने नसुन्ने सबै फ्यनाहरु लाई मेरो पहेलो प्रयास ‘फूलजस्तै लाथ्यो माया’ आएको हुनाले गीतहरु सुनेर प्रतिकृया दिन अनुरोध गर्दछु । Shanti Ram Rai (7)
६ गीत समावेश एल्बमका गीतहरु क्रमश :
१ फूल जस्तै लाग्थ्यो माया – अन्जु पन्त
२ जिन्दगि के हो यौ – उदए सोताङ
३ ए कान्छा तिम्ले – मिलन अमात्य
४ हराएको मेरो मान्छे – प्रमोद खरेल
५ मायालु म मरिगयेनी – दिपक लिम्बु
६ म त गाउकी चन्चली – युमा राई

२२ औ एल्बम फेसबुकबाटै सकियो

– शान्तिराम राई  [वरिष्ठ संगीतकार]
२५ वर्षे साङ्गीतिक यात्रामा यो २२ औ एल्बम कस्तो बनेको छ ? Shanti Ram Rai (5)
मेरो २१ औँ एल्बम सृजनाको हिसावले धेरै नै मेहेनत गरेर बनाएको कम्पोजिसनहरु संग्रहित रहेका छन् । तरपनि यो २२ औँ एल्बम सम्म आइपुग्दा मलाई अरु बढी चुनौति र समय सापेक्षित संगीत सृजना गर्नमा सफल रहेजस्तो लाग्छ । संगैका मेरा चल्तिका समकालिन् संगीतकारहरुलाई मध्येनजगर राखेर मेरो संगीत सृजनालाई अझ उत्कृष्ठ बनाउने प्रयत्न गरेको छु ।
एल्बममा समाबेश गीतहरु कस्ता–कस्ता छन् ?
एल्बममा ६ गीतहरु समावेश गरिएको छन्, र एल्बमका गीतकार संगीता बायुङ ज्युले ६ ओटै किसिमका फरक–फरक गीतहरु सृजना गर्नुभएको छ । प्रेम, मिलन र बिछोडका ओजसबी भावपुर्ण रचनाहरु संग्रहित रहेका छन् । र एल्बममा समावेश ६ औटै गीतहरुलाई मैले फरक–फरक स्वादमा संगीत दिने प्रयास गरेको छु ।
एल्बमको शिर्ष गीत ‘फुल जस्तै लाग्थ्यो माया’ कम्पोज कती समयमा गर्नुभएको थियो ?
एल्बमको यो शिर्ष गीतलाई धेरै मेहेनत गरेर बनाएको हु । मैले यस गीतको दुई कम्पोजिसन गरेको थिए । त्यसमध्ये उत्कृष्ठ संगीत अहिले रेकर्ड भएको हो । यो कम्पोज मैले करिव डेढ घण्टामा गरेको थिए होला । यो कप्पोजिसनमा सेमी क्लासिक, सेमी गजलको ºलेभर मिक्स गरेको छु । यस किसिमको फरक नयाँ टेस्टमा संगीत भएको कारणले शब्द रचना जुरुक्कै उठेको छ । र यस गीतका गायिका अन्जु पन्तलेपनि न्याय दिएर गाएकी छिन् ।
‘फुल जस्तै लाग्थ्यो माया’ एल्बमका कसरी तयार भयो ?
आज भन्दा करिव ६ महिना अगाडी सामाजिक सञ्जाल फेसबुकमा संगीता बायुङ राईसंग नजिक हुने अवसर मिल्यो । कुराकानीको क्रममा उहाँ गीत लेख्नु हुदोरहेछ । मेरो आग्रहलाई स्विकार्दै उहाँले फेसबुकबाटै केही गीतहरु पठाउनु भयो । मैले उहाका गीतहरु एकचोटी सरर हेर । उहाँ साच्चिकै राम्रो गीत लेख्नु हुनेरहेछ ।
मैले ती गीतहरुलाई कम्पोज गरेर फेसबुकबाटै पठाए । मैले संगीत गरेर पठाएको कम्पोज सुनेर उहाँ खुसी हुनुभयो, र आफ्नो डायरीमै सिमीत सृजनाहरुले संगीत पाएकोमा दंग हुनुभयो । र विस्तारै एल्बम बन्ने प्रक्रियामा अगाडी बढ्यो । एल्बमका गीतहरु मात्र होइन, संगीत तथा गायनपक्षपनि उत्कृष्ठ समायोजन हुनपुग्यो । आज यो एल्बम श्रोताहरुमाझ एल्बम आइपुग्दा उत्कृष्ठ एल्बमको उपाधी पाउन सफल भएको छ ।

ads

प्रतिक्रिया