Bisal Chautari Logo

अब पाठ्यक्रममा संगीत पढ्दै, सिक्दै (नेपाली संगीतको नालिबेली सहित)

- ३ असार २०७१, मंगलवार १५:२१ मा प्रकाशित


Shanti-Ram-Rai-
शान्तिराम राई (वरिष्ठ संगीतकार)

shanti ram rai | music book Mero sangeet
शान्तिराम राई (वरिष्ठ संगीतकार)
विद्यार्थीहरु हात हल्लाएर कम्मर मर्काएर नाच्न मात्रै जान्छन् । नाचको विधिबारे उनीहरुलाई कुनै जानकारी छैन । गीत–संगीतबारे जानकारी नहुँदा उनीहरुले केवल अर्काको नक्कल मात्रै गर्छन् । सबै विद्यालयका बालबालिकालाई नाच्न सिकाउँछन्, गाउन लगाउँछन् तर नाचगानको विधिबारे जानकारी दिँदैनन् । शिक्षकलाई जानकारी भए पो विद्यार्थीले पूर्णरुपमा सिक्न पाउँछन् । नगन्य मात्रामा केही विद्यालयमा संगीत पढाउने शिक्षक राखे पनि अधिकांशले हचुवाको भरमा पढाइरहेका हुन्छन् संगीत भनेको के हो ?
संगीतमा कस्ता विषय समेटिएको हुन्छलगायत बाजागाजादेखि सम्पूर्ण विषय जानकारी दिन आवश्यक भएपछि संगीत विषयलाई शैक्षिक विषयको रपमा पठनपाठनका लागि स्वीकृत प्रदान गरेको छ । कक्षा ६ देखि संगीत विषयले पठनपाठनका मान्यता पाएको छ । नेपाली विद्यार्थीहरुले यसै शैक्षिकसत्रदेखी विद्यालयतहबाटै औपचारिक रपमा संगीतलाई शैक्षिक विषयको रपमा पढ्न पाएका छन् । नेपालमा संगीत विषयले विद्यालयतहमा किन पठनपाठनको मान्यता नपाएको होला, भन्ने कुराको छलफल र बहस अब होला तर ढिलै भए पनि विद्यार्थीहरुले यो विषयलाई औपचारिक रपमै पढ्न पाउने भएपछि उपत्यकाभित्रका अधिकांश निजी विद्यालय र विद्यार्थीहरु उत्साहित भएका छन् ।
हरेक मानिसको जन्म संगीतसँगै हुन्छ र मृत्यु पनि संगीतसँगै हुन्छ । म्याथसँग जन्मेर इंग्लिससँग मर्दैन मान्छे । त्यसैले पनि मानव जीवनका लागि संगीतको ज्यादै ठूलो महत्त्व रहिआएको छ । संसारका विकसित देशहरमा त्यहाँका विद्यार्थीहरुले विद्यालयतहदेखि विश्वविद्यालयतहसम्म संगीत विषय पढ्न पाउँछन् । ती संगीतका विद्यार्थीहरुले आफ्नो देशको कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र अन्वेषण गर्दै अन्य देशहरमा आफ्ना सीप र सिर्जना बेचेर आफू र राष्ट्रलाई सम्बृद्ध बनाइरहेका हुन्छन् ।shanti-ram-rai-music-book-mero-sangeet

नेपाल केही वर्षअघिसम्म विदेशी संगीत र संस्कृतिमा रमाइरहेको परनिर्भर देश थियो । जसका लागि करोडौं रुपियाँ नेपालीहरको पैसाँखर्च भइरहेको थियो । अहिले नेपाली संगीत उद्योगमा केही सिर्जनशील युवाहरको क्रियाशिलताले यो क्षेत्र आत्मनिर्भर हुँदै गइरहेको अवस्थामा छ । अझै पनि अङग्रेजी र हिन्दी गीतका लागि नेपालीहरले धेरै रकम खर्च गरिरहेका छन् ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा ६, ७ र ८ का विद्यार्थीहरले पढ्न पाउने गरी संगीत विषयलाई स्वीकृत प्रदान गरेको छ । निजीस्तरबाट सञ्चालित संगीत विद्यालय, नेपाल म्युजिक सेन्टरको पहलमा पुस्तक प्रकाशन भएको हो । ढिलै भए पनि पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएर विद्यालयतहका विद्यार्थीहरुको संगीत पढ्ने चाहनालाई पूरा गरिदिएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्र धन्यवादका पात्र बनेको छ ।
आरआर र पद्मकन्या क्याम्पसमा प्रविणता प्रमाणपत्र तह (आईए) बाट स्नातकसम्म मात्रै संगीतको विषयलाई पढाइन्थ्यो । ललितकला क्याम्पसमा भने आईएदेखि एमएसम्मको पठनपाठन गर्न भरखरै व्यवस्था गरिएको छ । रमाइलो कुरा त यो छ कि अर सबै विषयको पुस्तक आईएस्तरको पढाइ हुँदा आईएमा पढ्ने विद्यार्थीहरुले संगीत विषय भने नर्सरीतहको पढ्नुपर्ने हुन्छ । यसबाट तत्कालीन शैक्षिक नीति निर्माताहरको बौद्धिक पूर्वाग्रहको अवस्था बुझ्न गाह्रो पर्दैन ।
नेपालमा भरखरै प्रवेश गरेका प्राविधिक विषयहर कक्षा १ देखि नै लागु भइसक्दा पनि संगीत विषयलाई कक्षा ६ देखि मात्रै औपचारिक शिक्षाको मान्यता दिइनुले अझै पनि शिक्षा क्षेत्रमा शैक्षिक माफियाहरको चलखेल उपल्लोतहमा रहेको कुरा घाम झैं छर्लङ्गड्डछ । संगीत विषय विद्यार्थीहरका लागि अत्यन्तै उपयोगी विषय हो । यो विषय सीपमूलक र शिर्जनशील छ साथै व्यवसायिक पनि छ । संगीत विषयमा सफल हुने विद्यार्थीहरुले भविष्यमा नाम, दाम र सम्मान त कमाउँछन् नै साथसाथै नेपाली कला, संस्कृतिको अन्वेषण, अनुसन्धान गर्दै यसको संरक्षण र सम्बद्र्धनमा सघाउ पुर्याउँदछन् । लोपहुन लागेका कतिपय नेपाली वाद्ययन्त्र, लोकसंगीत, लोकनृत्यको जगेर्ना गर्न र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन मद्धत पुग्ने देखिन्छ ।
कुनै पनि विषय व्यवसायिक हुनुपर्छ । जुन विषय पढेपछि भविष्यमा कामयावी होस् र पैसाँआर्जन गर्न सकियोस् त्यस्ता विषय मात्र अवको विद्यार्थीका लागि उपयोगी हुनसक्छ । होइन भने रची नहुँदा नहुँदै अनावश्यक रुपमा पढ्नुपर्ने विषयले विद्यार्थीको भविष्य सुनिश्चित गर्न सक्दैन । रची नभएको विषयमा फेलहुनुपर्दा मानसिक रपमा नै एउटा विद्यार्थीमा पर्ने नकारात्मक असर र जसका कारणले उसको जीवन र भविष्य नै बर्बाद भइरहेको थुप्रै उदाहरण त हाम्रै सामु छ ।
नेपालमा वाषिर्क करिब ५ अर्ब रुपियाँभन्दा बढीको आथिर्क कारोवार संगीतको माध्यमबाट भइरहेको छ । करिब ५ सय वटा एफएम रेडियो, १६ वटाभन्दा बढी टेलिभिजनहरले ठूलो मात्रामा संगीतको माध्यमबाट व्यापार गरिरहेका छन् । विभिन्न उत्सव, महोत्सव, बिहे, भोज, पिकनिक, पार्टी सबैजसो कार्यक्रमहरुमा संगीतको बढ्दो माग रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा नेपाली संगीतकर्मीहरको माग ठूलो मात्रामा रहेको छ । जसबाट संगीतकर्मीहरुको आम्दानी निकै राम्रो रहेको छ । लाखौं मान्छेहरुले रोजगारी पाइरहेको यो विषयले सरकारलाई वाषिर्क पचासौं करोड राजस्व बुझाउँदछ ।
नेपालमा विद्यालयतहदेखि विश्वविद्यालयतहसम्म संगीत विषयलाई व्यवस्थित रुपमा पठनपाठन गर्ने व्यवस्था मिलाउनुपर्दछ । विद्यालयहरुले आफ्नो विद्यालयको पाठ्यक्रममा सङगीत विषयलाई महत्वका साथ पढ्ने पढाउने व्यवस्था गर्नुपर्दछ । यसो गर्न सकेको खण्डमा विद्यालयले प्रदान गरेको संगीत शिक्षाले विद्यार्थी र राष्ट्रको भविष्य निर्माण गर्न महत्वपूर्ण योगदान पुग्न सक्ने कुरामा कुनै दुईमतै हुने छैन ।

ad

प्रतिक्रिया