Bisal Chautari Logo

श्री राईको ‘समर्पण’ विमोचन

- २७ जेष्ठ २०७४, शनिबार १०:५५ मा प्रकाशित


shree rai album samarpan
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ २७ शनिबार । नव गायक श्री राईको शब्द, संगीत र स्वरमा सजिएको एल्बम ‘समर्पण’ विमोचन भएको छ । गत शुक्रबार काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी एल्बमलाई नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ र नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार एवं कवि गणेश रसिक, गायिका तायाहाङ्मा राईले एकसाथ एल्बमको विमोचन गरेका थिए ।
shree rai album samarpan (2)विशाल चौतारी मिडिया प्र।ली।बाट बजारमा आएको एल्बम विमोचन समारोहमा बोल्दै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले एल्बमको गीत, संगीत र स्वर आफ्नै भएकाले बहुआयामिक प्रतिभाको उदाहरण यो समर्पण एल्बम भएको बताए ।
त्यस्तै वरिष्ठ गायक, संगीतकार एवं कवि गणेश रसिकले बधाइ दिदै भने ‘–विदेशमा बसेर पनि स्वदेशको माया, देशको माया, माटोको माया, जन्मस्थलको मायालाई सम्झेर उहाले आफ्ना सृजनाहरुलाई अभिव्याक्त गर्नुभएको छ, त्यो हामी सबैको लागी प्रेरणादायी छ ।’
shree rai album samarpan (3)चार गीत र एक ट्रयाक समावेश रहेको एल्बममा ‘सुस्तरी सुस्तरी’, बैसालु जावानी’, नजाउ मलाई छोडी टाढा, जोडेर दुई मुटु, र बैसालु जावानी’को ट्रयाक समावेश रहेको छ । एल्बमको सबै गीतलाई याकुब राईले एरेञ्ज गरेका छन्, भने सबै गीत साइन स्टुडियोमा रेकर्ड भएका हुन् । एल्बमको कभर डिजाइन जेरोनको रहेको छ ।
shree rai album samarpanयही एल्बममा समावेश रहेको ‘बैसालु जावानी’ बोलको गीतको म्युजिक भिडियोपनि एल्बम विमोचनमा देखाएको थियो । म्युजिक भिडियोलाई रंग पत्रकार विशाल राईले निर्देशन गरेका छन्, भने ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी रहेको छ । गदावरीको रोमान्चक दृश्यहरु समावेश भएको म्युजिक भिडियोमा अभिनेता तथा मोडल पुष्पल खड्का र सृष्टिना राईको रोमान्स देख्न सकिन्छ । म्युजिक भिडियोमा गायिका समेत रहेकी तायाहाङ्मा राईको कोरियोग्राफी र मेक–अप रहेको छ । म्युजिक भिडियो केही दिनमा सार्वजनिक गर्ने निर्देशक बिशाल राईले बताए ।

shree rai album samarpan-11

प्रतिक्रिया