Bisal Chautari Logo

लव स्टोरी चलचित्र ‘बाँध मायाले’मा सृष्टि र आर्यन जोडी

- ६ मंसिर २०७४, बुधबार ०९:४८ मा प्रकाशित


shristi shrestha and aaryan adhikari movie badha Mayale
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ मंसिर ६, बुधबार । अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठले अभिनेता आर्यन अधिकारीसँग चलचित्र खेल्ने पक्का भएको छ । सबिर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘बाँध मायाले’मा यो जोडी एकसाथ देखिने पक्का भएको हो । फिल्मको छायाँकन यसै सातादेखि नवलपरासीबाट सुरु हुदैछ ।
फिल्म युनिट यतिबेला छायाँकन स्थलमा पुगिसकेको बताइएको छ । लेखक समेत रहेका निर्देशक श्रेष्ठले ‘बाँध मायाले’ लाई आफ्नो ड्रिम प्रोजेक्ट मानेका छन् । निर्देशक श्रेष्ठका अनुसार फिल्म पूर्ण रुपमा लभ स्टोरी बन्नेछ ।
निर्देशक श्रेष्ठको काईट्स ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुती रहने ‘बाँध मायाले’का निर्माता रामहरी धिताल र बिभिसीका श्रेष्ठ निर्माता हुन् । सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार प्रसाद धिताल छन् । बाबु श्रेष्ठको छायाँकन रहने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् ।

फिल्ममा आर्यन र सृष्टिसागै कलाकारहरु राजाराम पौडेल, विशाल चाम्लिङको अभिनय रहनेछ । नव प्रस्तुतीको रुपमा किशोर खड्का रहेका छन् ।

प्रतिक्रिया