Bisal Chautari Logo

गायिका सितलको ‘पापी मायाले’ सार्वजनिक || केकीको ‘पापी माया’ बने निराजन (भिडियो सहित)

- २० बैशाख २०७४, बुधबार १३:५७ मा प्रकाशित


Sital Pun song Papi Mayale ft. Keki Adhikari and Nirajan
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख २० बुधबार । गायिका सितल पुन नेपाली साङ्गीतिक क्षेत्रका लागी पुरानो नाम हो । रेडियो नेपालमा ०५० सालमा भ्वाइस टेस्ट पास गरेर संगीतमा लागेकी गायिका सितलले पहिलो गीत स्व. राम थापाको संगीतमा पहिलो गीत रेकर्ड गराएकी थिइन् । नेपाली साङ्गीतिक क्षेत्रमा गजल क्विन नामले पनि परिचित गायिका पुनको पहिलो एल्बम ‘सितल’ ०५६ सालमा ल्याएकी थिइन् ।
Sital Pun song Papi Mayale ft. Keki Adhikari and Nirajanलामो समयपछि गायिका सितल पुनले ‘पापी मायाले’ बोलको गीत सार्वजनिक गरेकी छिन् । अहिलेको चर्चित गीत ‘काले दाई’को संगीतकार तथा अभिनेता कोशिश क्षेत्रीको संगीत रहेको छ भने सरोज कुमार शाहको शब्द तथा महाराज थापाको संगीत रहेको छ । गायिका सितल पुन अहिले युकेमा बसोबास गर्दै आइरहेकी छिन् । सोही कारणपनि आफुले संगीतमा धेरै समय दिन नपाएको बताइन् ।
Sital Pun song Papi Mayale ft. Keki Adhikari and Nirajan (1)यस गीतको म्युजिकलाई अहिलेका चर्चित निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चलचित्र ‘घामपानी’की अभिनेत्री केकी अधिकारी र मोडल निराजन प्रधानको क्यामेस्ट्री देख्न सकिन्छ । रोमान्टिक गीतको कलरफूल दृश्यमा केकी र निराजनको जोडीपनि उत्कृष्ठ रहेको छ । म्युजिक भिडियोलाई हरि हुमागाईको छायाँकन रहेको छ, भने अर्जुन अधिकारीको सम्पादन रहेको छ ।

Sital Pun song Papi Mayale ft. Keki Adhikari and Nirajan (3)

Sital Pun song Papi Mayale ft. Keki Adhikari and Nirajan (2)

Papi Mayale – Sital Pun ft. Keki Adhikari and Nirajan| New Nepali Adhunik Song 2017

New Nepali Adhunik Song “Papi Mayale” featuring Keki Adhikari and Nirajan by Sital Pun
Vocal : Sital Pun
Lyrics : Saroj Kumar Shah
Music : Koshish Chhetri
Music Arrangement : Maharaj Thapa
Model : Nirajan / Keki
Camera : Hari Hunagain
Edit : Nishan Ghimire
Direction: Arjun Adhikari
Production : K & K Production

प्रतिक्रिया