Bisal Chautari Logo

४ हजार डलरमा बेचिएकी शुकमाया लिम्बुको उद्धार, शुकमाया यसरी दुख पोख्छिन् (भिडियोसहित)

- ८ माघ २०७४, सोमबार १०:३६ मा प्रकाशित


Soldier’s Sermon sold in 4,000 dollars,
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ माघ ०८ सोमबार । रोजगारीको लागि विदेश जाने क्रममा पछिल्लो समय नेपाली चेलिहरु विभिन्न दलाल तथा ठगहरुको बेचिँदै आएका छन् ।
दलालहरुले सिधा सोझी नेपाली चेलिहरुलाई विभिन्न प्रलोभन देखाएर सजिलै आफ्नो पोल्टामा पार्न सफल हुँदै आएका छन् । त्यसोत एउटा देश पठाउँछु भन्दै अर्कै देशमा बेच्दै आएको घटनाहरु दलालहरुको लागि सामान्य नै भईसकेको छ ।
यसैक्रममा शुकमाया लिम्बुलाई पनि दलालहरुले सिरीयामा पु¥याउन सफल भए । तर विभिन्न मान्छेहरुको सहयोगमा उनी नेपाल फर्कन सफल भएकी छन् । अमेरीकाबाट आङकामी शेर्पा, नेपाल बाट गायक, कलाकार नबिन खड्का र दावा छिरीङ तामाङ थोकरको पहलमा लिम्बु नेपाल फर्कन सफल भएकी हुन् ।
उनलाई युएई लान्छु भनी ओमन पु¥याए । त्यसपश्चात ओमनबाट लिम्बुलाई सिरीयामा बेचिएको बताइएको छ । ओमनबाट लिम्बुलाई चार हजार अमेरीकी डलरमा सिरीयामा बेचिएकी जानकारी गराइएको छ । बिस्तृत जानकारीको लागि यो भिडियो हेर्नुहोस्ः

 

प्रतिक्रिया