Bisal Chautari Logo

१३औ दक्षिण एसियाली खेलकुद (साग) पोखरामा हुदै

- २६ श्रावण २०७४, बिहीबार ०८:३७ मा प्रकाशित


South Asian Games Pokhara
विशाल चौतारी समाचार
पोखरा, २०७४ श्रावण २६ बिहिबार । नेपालमा १३औा दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको पोखरामा हुने भएको छ। पर्यटकीय नगरी पोखरामा पााचभन्दा बढी खेल हुने विषयले यतिखेर यहाा धेरै चासो चर्चा बढाएको छ ।
fotball

अन्तर्रा्ष्टि्रय पर्यटनको आकर्षक गन्तव्य वन्दै गएको पोखरामा पहिलोपटक हुने क्षेत्रीयस्तरको साग प्रतियोगितालाई विशेष महत्वको कार्यक्रमका रुपमा पनि लिइएको छ ।
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गत मंगलबार पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेर पूर्वाधार तयार गरिसक्न निर्देशनसमेत दिएका छन् ।
आगामी सागमा पोखरामा पााचभन्दा बढी खेल खेलाउने सोचका साथ तयारी अघि बढाउन मन्त्रालयले खेलकुद विकास समितिका पदाधिकारीलाई निर्देशन दिइसकेको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
ँहामीले पोखरालाई स्पोर्टस् सिटीका रुपमा विकास गराउन खोजेका छौा”, थपलियाले भन्ने, ँउपलब्ध पूर्वाधारका आधारमा आगामी सागमा पााचभन्दा बढी संख्याका प्रतियोगिता पोखरामा सञ्चालन हुन सक्छ ।”
राष्ट्रिय खेलकुद परिषद्ले पनि पोखरामा विभिन्न पााचवटा खेल खेलाउने यसअघि नै प्रस्ताव गरिसकेको थियो ।
परिषद्का सदस्यसचिव केशवबहादुर विष्टका अनुसार पोखरामा भलिबल, ह्यान्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलनका प्रतियोगिता खेलाउने लगभग तय भइसकेको छ ।
यी खेलका अतिरिक्त ब्याडमिन्टन, लङ टेनिस खेल पनि पोखरामा गर्न सक्ने सम्भावना रहेको विष्टले जानकारी दिएका छन्।
आगाामी सन् २०१९ को मार्चमा नेपालले १३औा सागमा विभिन्न २५ प्रकारका खेल खेलाउने भएको सदस्य सचिव विष्टले जानकारी दिनुभयो ।भारतमा सम्पन्न १२औा सागमा २३ प्रकारका खेल खेलाइएको थियो ।
पोखरामा भलिबल, ह्यान्डबल, आर्चरी, ट्रायथोलनका लागि पूर्वाधार लगभग तयारी अवस्थामा रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
उल्लेखित खेलका संरचनालाई केही मात्रामा व्यवस्थित गरे हुने बताउादै महिला फुटबलका लागि भने विद्यमान संरचना भत्काएर वनाउनुपर्ने अवस्था छ रहेको बताए ।
पोखरा रंगशालाको ४१७ रोपनी क्षेत्रफलमा विभिन्न खेलका लागि संरचना निर्माण भइरहेका छन् । अहिले बनिरहेको कभर्ड हल साग लक्षित छ । कभर्ड हल निर्माण अन्तिम चरणमा पुगेको छ । सबैजसो इन्डोर गेम त्यसमा गर्न सकिन्छ ।
सम्भावना रहेर पनि आवश्यक पूर्वाधारकै अभावमा पोखराले यसअघि विभिन्न खेलका अवसर गुमाउने गरेको खेलकुद सम्बद्ध व्यक्तिको गुनासो थियो ।
दक्षिण एशियाली खेलकुदका केही प्रतियोगिता हुनु समग्र पोखराका लागि नै गौरवको विषय भएको बक्सिङका अन्तर्रा्ष्टि्रय खेलाडी गणेशबहादुर भट्टराईले बताए।
क्षेत्रीययस्तरका प्रतियोगिताले पोखरालाई चलायमान वनाउाछ”, भझ्राईले भने यसले यहााको पर्यटकीय विकासका साथै प्रत्येक जनमानसमा खेलप्रतिको सकारात्मक भावनासमेत अभिवृद्धि गर्छ ।”
अन्तर्रा्ष्टि्रय खेलाडी बस्ने किसिमका स्तरीय होटल तथा अन्य पूर्वाधार पोखरामा रहेको पर्यटन व्यवसायी एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य भट्टराईले उल्लेख
गरेका छन् ।
यसअघि सार्क मन्त्रिपरिषद्को बैठक सम्पन्न हुनुका साथै बेलायती राजकुमार ह्यारी, भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीजस्ता विशिष्ट व्यक्तिले औपचारिक भ्रमण गरिसकेको छ। पोखरामा दक्षिण एशियाली खेलकुदका केही प्रतियोगिता सञ्चालन हुनुले अन्तर्रा्ष्टि्रयस्तरमा यहााको यहााको महत्व अझ बढ्ने सम्बद्ध व्यक्तिले बताए । रासस

प्रतिक्रिया