Bisal Chautari Logo

संगीतकार निलम रोजुको ‘आँखै’मा नानीहाङ राई (भिडियोसहित)

- २३ कार्तिक २०७३, मंगलवार १५:५८ मा प्रकाशित


Sunita Thegim Limbu and Neelam Roju Rai song Aakhaima Ft Nani Hang Rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ कात्तिक २३ मंगलबार । नेपाली साङ्गीतिक क्षेत्रमा महिला संगीतकारहरुको माझमा सबैभन्दा ब्यस्त बनेर अगाडी आइरहेकी छिन्, निलम रोजु राई । संगीतकार निलम रोजु अहिलेका ब्यास्त संगीतकारहरुकै अनुपातमा काम गरिरहेकी छिन् ।
sunita-thegim-limbu-and-neelam-roju-rai-song-aakhaima-ft-nani-hang-raiनेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको १ वर्षमै १०० भन्दा बढी गीतहरु संगीत गरिसकेकी छिन् । चर्चा अनी सफल रुपले अगाडी बढिरहेकी संगीतकार निलम रोजु राईको शब्द तथा संगीतमा ‘आँखैमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
sunita-thegim-limbu-and-neelam-roju-rai-song-aakhaima-ft-nani-hang-rai-1संगीतकार निलम रोजु राम्रो संगीतकारसंगै राम्रो गायिकापनि हुन् । तर यो गीतलाई पछिल्लो समय निकै चर्चामा आइरहेकी गायिका सुनिता थेगिम सुब्बाले गाएकी छिन् । आफ्नो सिर्जना जो–सुकैलाई गाउन नदिने गरेका बताउदै संगीतकार निलमले भनिन्, ‘तर, मलाई सुनिताको स्वर चित्त धेरै राम्रो लाग्यो ।’
निलमको संगीतमा नेपालका चर्चित सेलिव्रेटिहरु राजेशपायल राई, अञ्जु पन्त, मेलिना राई, दीपा लामा जस्ता नया पुराना चर्चित गायक/गायिकाले स्वर दिइसकेका छन् ।
त्यस्तै यसै गीतको म्युजिक भिडियोबाट नानीहाङ राईले आफ्नो मोडलिङ करियरपनि सुरुवात गरेका छन् । चर्चित मोडल तथा अभिनेत्री अनु शाहसंग नानीहाङ राईले रोमान्स गरेका छन् । फिल्मी शैलीमा बनेको म्युजिक भिडियो निर्देशक युगल पोमुले निर्देशन गरेका हुन् । हालै रिलिज गरिएको ‘आाखैमा’ बोलको गीत निलमको ‘हरपल’ एल्बममा समावेश छ । जुन एल्बममा निलमको शब्द, संगीत सोलो रहेको छ ।

Aakhaima by Neelam Roju Rai – Sunita Thegim Limbu Ft. Anu Shah | New Nepali Adhunik Song 2016

New Nepali Melodious Adhunik Song “Aakhaima” by Sunita Thegim Limbu featuring Anu Shah
Vocal: Sunita Thegim Limbu
Lyrics / Music: Neelam Roju Rai
Arranger: Amos Tamang
Mixing: Kishor Thapa
Studio: A one Musician
Model: Anu Shah and Nani Hang Rai
Make Up Artist: Lokesh Thapa
Camera: Arjun Tiwari and Team
Edit: Nishan Ghimire
Direction: Yugal Pomo Limbu

प्रतिक्रिया