Bisal Chautari Logo

पियुष र सुरीको ‘लालगेडी’ मा बेनिशा फिचरीङ (भिडियो सहित)

- ११ फाल्गुन २०७४, शुक्रबार १८:४२ मा प्रकाशित


Suri Rai and Piyush Kunwar song Lalgedi
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन ११, शुक्रबार । गायिका सुरी राई तथा गायक पियुष कुँवरको स्वर रहेको गीत ‘लालगेडी को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पियुषसँगै बेनिशा हमाल फिचरीङ छिन् । गीतमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ । गीत सुरी एल्बममा संग्रहित छ भने यसमा शब्द सानो दिल र संगीत भानुभक्त ढकालको रहेको छ ।
यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने यसलाई बुद्ध थापा एण्ड टिमले छायाँकन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यस एल्बममा ५ गीत संग्रहित छन् । लालगेडीसँगै यसमा सुरी , को हो त्यो , तिम्रो आगमनले र मन भरि बेदना बोलको गीत रहेका छन् ।
यसमा सुरीकै स्वर रहेको छ भने लालगेडीसँगै सुरीमा पियुषले साथ् दिएका छन् । यसमा सानो दिल , रवी मल्ल , कमल मल्ल , सुरी र मनोज आचार्यको शब्द रहेको छ । यसमा भानुभक्तसँगै कल्याण सिंह , न्हू बज्राचार्य र कर्ण दासको संगीत रहेको छ ।

भिडियो हेर्नुहोस् :-


Album : SURI
Lyrics : Sano Dil
Music : Bhanu Bhakta Dhakal
Arrange : Gopal Rasaliy
Studio : DoReMi
Actor : Benisha Hamal/Piyush Kunwar
MUA : Shristi Thapa Magar
Choreographer : Rajiv Samar
Camera : Buddha Thapa & Team
Edit : Bikash Dhamala
Direction : Nikesh Khadka

प्रतिक्रिया