Bisal Chautari Logo

५ तस्बिरमा सुशिलको सिक्स प्याक हेर्नुहोस् || चितवनको चिसो मौसमलाई च्यालेन्ज गर्दै

- ५ पुष २०७४, बुधबार ०८:०७ मा प्रकाशित


sushil shrestha sixpack body movie love diaries
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ पौष ५ बुधबार । चितवनको चिसो मौसमलाई च्यालेन्ज गर्दै ‘होस्टेल रिटर्नस’ डेब्यू हिरो सुशिल श्रेष्ठले सिक्स प्याक प्रर्दशन गरेका छन् । अभिनेता सुशिलले दुइ हप्ता पहिले मात्रै निर्माण घोषणा भएको फिल्म ‘लभ डायरिज’को लागी सिक्स प्याक प्रर्दशन गरेका हुन् ।
यतिबेला धमाधम छायााकन चलिरहेको चलचित्र ‘लभ डायरिज’को निर्माण टिमले मध्य नेपालको चितवनमा यो फिल्मको छायााकन तिब्र पारेको छ ।
पर्यटकिय नगरी सौराहामा ‘होस्टेल रिटर्नस्’ डेब्यू हिरो सुशिल श्रेष्ठले नव अभिनेत्री रुविना थापासाग सञ्जय लामाको क्यामेरा अघि रोमान्समा व्यस्त छन् ।
लभ स्टोरी जनराको फिल्मलाई सौरभ चौधरीले एक्सन कट गरिरहेका छन् । उनका अनुसार फिल्मको ६० प्रतिशत बढि छायााकन चितवनमा हुनेछ । त्यसपछि निर्माण टिम पोखरा प्रस्थान गर्नेछ । अहिलेसम्म फिल्मको ३० प्रतिशत छायााकन सकिइसकेको बताइएको छ । यो फिल्ममा लामो समयदेखि फिल्म सम्पादनमा सकृय शाहिल खानले एसोसियट निर्देशनको काम गरिरहेका छन् ।
सुशिल र रुविनासागै विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी फिल्ममा मुख्य कलाकार छन । विनोद सापकोटाको निर्माण तथा सरोज तुलाधरको सह निर्माणमा बन्दै गरेको ‘लभ डायरिज’मा अर्जुन पोखरेलको संगीत छ भने र कविराज गहतराजको कोरियोग्राफी समावेश छ । फिल्मको स्कृप्ट मधु बास्तोलाले लेखेका हुन् ।


ad

प्रतिक्रिया