Bisal Chautari Logo

ताजकिस्तानवीरुद्ध नेपाल २–१ गेलले पराजित, घरैमा हार्‍यो नेपाल

- २० भाद्र २०७४, मंगलवार ११:१७ मा प्रकाशित


Tajakisthan vs Nepal
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २० मंगलबार । एएफसी एसियन कपको छनौट अन्तर्गत खेलमा ताजकिस्तानवीरुद्ध नेपालको खेलमा २–१ गोलले पराजयी भएको छ ।
नेपालले ३० मिनेटभित्रै दुई गोल खाएको थियो। भने नेपालका उत्कृष्ट खेलाडी बिमल घर्ति मगरले ६० औँ मिनेटमा ताजकिस्तानको गोल पोष्टमा गोल गरेका थिए।
एन्फा मैदान सातदोबाटोमा जारी खेलमा नेपालको टिमले ताजकिस्तानवीरुद्ध कमजोर प्रदर्शन गरे ।
खेलको २५औं मिनेटमा ताजकिस्तानले गोलको अग्रता बनाएको थियो । ताजकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गर्दा नेपाली डिफेण्डर र गोलरक्षक किरण चेम्जोङले कुनै मौका पाएनन् ।
पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजकिस्तानले अर्को गोल थप्यो । अलिभले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी कलेक्ट गर्न नसक्दा आएको अवसरलाई भासिव दिल्सोभले सदुपयोग गरेका थिए ।

प्रतिक्रिया