Bisal Chautari Logo

ट्यालेन्ट सोमा ‘मिस ब्युटि क्विन नेपाल’ का प्रतिस्पर्धीले देखाए विभिन्न प्रतिभा (फोटो तथा भिडियो सहित)

- २६ भाद्र २०७३, आईतवार १७:२१ मा प्रकाशित


talent show miss beauty queen nepal 2016
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २६ आइतबार । ‘मिस ब्युटि क्विन नेपाल – २०१६’को फाइनल १५ प्रतिस्पर्धीले ट्यालेन्ट सोमा आ–आफ्ना विभिन्न किसिमका प्रतिभाहरु देखाएका छन् । काठमाडौको दरबार मार्ग स्थित सिडब्लु रेस्टुरेन्टमा भएको कार्यक्रममा प्रतियोगीले प्रतिभा देखाएका हुन् ।
talent-show-miss-beauty-queen-nepal-2016-1एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको तेस्रो संस्करणको ‘मिस ब्युटि क्विन नेपाल – २०१६’ युवतीहरुले नृत्य, गायन तथा विविध कलाहरु देखाएका थिए । युवतीहरुको विविध कला, संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको ‘मिस ब्युटि क्विन नेपाल – २०१६’को ट्यालेन्ट सोका बारेमा बोल्दै आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले प्रतियोगीतले धेरै राम्रो प्रतिभा देखाएकोमा आफु दंग परेको बताए ।
talent-show-miss-beauty-queen-nepal-2016एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् । ‘मिस ब्युटि क्विन नेपाल – २०१६’ को अन्तिम प्रतिस्पर्धा भने यही भाद्र ३१ गते जमल स्थित राष्ट्रिय नाचघरमा हुदैछ ।

talent-show-miss-beauty-queen-nepal-2016-4

talent-show-miss-beauty-queen-nepal-2016-3

talent-show-miss-beauty-queen-nepal-2016-2

talent-show-miss-beauty-queen-nepal-2016-1

प्रतिक्रिया