Bisal Chautari Logo

‘मिस एभ्रेष्ट नेपाल–२०१६’को अन्तिम प्रतिस्पर्धीले देखाए प्रतिभा (फोटो फिचर सहित)

- २६ भाद्र २०७३, आईतवार १८:०१ मा प्रकाशित


talent show Miss Everest Nepal-2016
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २६ आइतबार । नेपाली नारीहरुलाई उत्थान, तथा उनीहरुसंग लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको मिस एभ्रेष्ट नेपाल – २०१६ को अन्तिम १० प्रतिस्पर्धीले ट्यालेन्ट सोमा आ–आफ्ना विभिन्न किसिमका प्रतिभाहरु देखाएका छन् । काठमाडौको दरबार मार्ग स्थित सिडब्लु रेस्टुरेन्टमा भएको कार्यक्रममा प्रतियोगीले प्रतिभा देखाएका हुन् ।
talent-show-miss-everest-nepal-2016पहिलोपटक भवानी इन्टरटेन्मेन्टले आयोजना गरिरहेको मिस एभ्रेष्ट नेपाल नाम राख्नुको मुख्य कारणपनि नेपाललाई विश्वसामु चिनाउनु रहेको अध्यक्ष सोनित राम ढुङेलले बताए । प्रतियोगी युवतीहरुले नृत्य, गायन तथा अन्य विविध कलाहरु देखाएका थिए ।
talent-show-miss-everest-nepal-2016-3अन्तिम प्रतिस्पर्धीहरुलाई पछिल्लो समय चर्चामा रहन सफल कोरियोग्राफर हिमानी सुब्बाले दैनिक ट्रेनिङ दिइरहेकी छिन् । दैनिक ट्रेनिङबाट प्रतियोगिहरुले अन्तिम प्रतिस्पर्धाका लागी कडा मेहेनत गरिरहेको आयोजनक संस्थाका अध्यक्ष सोनित राम ढुङेलले बताए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धी १०को केही दिन अगाडी अफिसियल फोटोग्राफर, पत्रकार विशाल राईले सुट गरेका थिए ।
talent-show-miss-everest-nepal-2016-2मिस एभ्रेष्ट नेपाल – २०१६ को विनरले ३० हजार, फस्ट र सेकेन्ड रनरअपले २० हजार र १० हाजार रुपैया पाउनेछन् । कार्यक्रमको फाइनल यही भाद्र ३० गते हुदैछ ।

talent-show-miss-everest-nepal-2016-5

talent-show-miss-everest-nepal-2016-4 talent-show-miss-everest-nepal-2016-6

प्रतिक्रिया