Bisal Chautari Logo

टंक र मेलिनाको ‘कसरी कसरी २’ सार्वजनिक भएको छोटो समयमै युट्युव ट्रेन्डिङको १ नम्बरमा

- १९ श्रावण २०७६, आईतवार १४:१० मा प्रकाशित


Tanka Budathoki and Melina Rai song KASARI KASARI 2 #1 ON TRENDING
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ श्रावन, १९ आइतबार ।
गायक तथा संगीतकार टंक बुढाथोकी र मेलिना राईको स्वरमा ‘कसरी कसरी २’ सार्वजनिक भएको छोटो समयमै युट्युव ट्रेन्डिङको शिर्ष स्थान १ नम्बरमा आएको छ । यो गीतमा टंक र मेलिनासँगै सुनिल क्षेत्री, एआर बुढाथोकी, आयुष गुरागाईं, दिपा श्रेष्ठ, दमन्ता श्रेष्ठ फिचर्ड छन् ।

युट्युव ट्रेन्डिङको शिर्ष स्थानमा रहेको ‘कसरी कसरी २’ को प्राय सबै कमेन्टहरु राम्रा रहेका छन् । हामिले समाचार बनाइरहेको समयसम्ममा ९ लाख ८३ हजार भन्दा बढी दर्शकले हेरीसकेका छन् । त्यस्तै यो गीतमा लाईक गर्ने दर्शक संख्या ५६ हजार बढी रहेको छ, भने २१ सय दर्शकले मात्र अनलाइक गरेका छन् । यस गीतमा कमेन्ट ४२ सय बढी आएको छ ।

गत शुक्रबारमात्र रिलिज गरिएको गीतमा गायक टंककै शब्द तथा संगीत रहेको छ । सुदिप बरालले खिचेको म्युजिक भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् । कविराज गहतराजले निर्देशन गरेको गीतलाई करण सिंहले निर्माण गरेको छन् । यो गीतलाई दीपक राज सुनारले कोरियोग्राफी गरेका हुन् । कसरी कसरीको सफलतापछि टंक र मेलिनाले यसको दोश्रो भाग ल्याएका हुन् ।

गीतको भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया