Bisal Chautari Logo

गायिका तायाहाङ्माको आमाप्रति समर्पित गीत ‘आमा मेरी आमा’ चर्चामा (भिडियो सहित)

- १५ मंसिर २०७४, शुक्रबार ०९:३६ मा प्रकाशित


Tayahangma Rai song AAMA MERI AAMA
विशाल चौतारी समाचार
काठमाडौा ,२०७४ मंसिर १५ शुक्रवार । नेपाली संगीत बजारमा पछिल्लो समय बिकाउ गीतहरु मात्र सार्वजनिक हुने गर्छ । तर गीत, संगीत सृजनालाई श्रोताको लागी गीत सार्वजनिक कमै हुने गर्छ । यस्तै कम गीतहरु मध्ये गायिका तायाहाङ्मा राईले आफ्ना श्रोता तथा दर्शकका लागि मार्मिक गीत केही दिन अगाडी सार्वजनिक गरेकी छिन् ।
गायिका तायाहाङ्माले ‘आमा मेरी आमा’ बोलको गीत एवं भिडियो सार्वजनिक गरेकी हुन् । जुन गीत निकै मार्मिक छ । आमाप्रति समर्पित यस भिडियोलाई तायाहाङ्माले आफ्नै यु–ट्युब च्यानल ‘तायाहाङ्मा राई’ मार्फत सार्वजनिक गरेकी हुन् ।
नेपाली गीतसंगीत क्षेत्रमा करिब ८ वर्षयता निरन्तर साधनारत यी गायिकाको पछिल्लो गीत ‘कोही छ’ चर्चामा आएको थियो । नर्सिङ पढ्दा पढ्दै गायनमा लागेकी तायाहाङले रेडियो नेपालबाट २०६७ सालमा आधुनिकतर्फ स्वर परीक्षा पास गरेकी हुन् । त्यसयता उनी निरन्तर गायनमा छन् । यहाासम्म आइपुग्दा तायाहाङ्माले थुपै्र गीत गाइसकेकी छन् । तर, हालै सार्वजनिक गीत अर्थात् ‘आमा मेरी आमा’ निकै मर्मश्पर्शी तथा मनछुने छ । यस गीतको भिडियोलाई स्टुडियोमा छायांकन गरिएको भएपनि निकै सुन्दर छ । फरकशैलीमा निर्माण गरिएको यस भिडियोमा गायिका आफै अभिनय गरेकी छन् । गीतको भावअनुसार उनी भावुक बनेकी छन् ।
हुन त आमाप्रति हरेक व्यक्ती भावुक बन्ने गर्छन् नै, यसैबीच यस गीतले अझ आमाप्रति समर्पित र ममता दर्साउनेछ ।
सार्वजनिक गीतमा शब्दरचना तथा संगीत चन्ऽ लामा अनुरागको रहेको छ । जो कोरियामा छन् । गीतकार तथा संगीतकार चन्ऽ कोरियामा बस्दै आएपनि समाजसेवा र गीत संगीतप्रति लगाव राख्दै आएका छन् । यो गीत त्यसैको प्रतिफल हो । यस भिडियोका लागि छायांकन मधुर बस्नेत, सम्पादन रविन बिक र मिक्सिङ विक्रम कार्कीले गरेका छन् । याक इन्टरटेनमेन्टले निर्माण गरेको यस भिडियोमा गायिका तायाहाङमालाई सुन्दर बनाउने काम ब्युटिसियन गौरा राईले गरेकी छन् । यो गीत ‘संगीत अनुराग’ एल्बममा संग्रहित रहेको छ ।
विभिन्न स्टेज कार्यक्रम तथा रेकर्डिङमा व्यस्त हुादै आएकी तायाहाङ्माले भनिन्, ‘व्यस्तताका बाबजुद पनि यो स्टुडियो भिडियो सार्वजनिक गरेकी हुा ।’ यो भिडियो अनामनगरस्थित सेवा रेकर्डिङ स्ुटडियोमा छायांकन गरिएको हो । भिडियो सार्वजनिक गर्दै उनले भनिन्, ‘आमा मेरी आमा म आफैलाई पनि मन परेको गीत हो । त्यसैले पनि भिडिायो बनाएकी हुा ।’ लोकतन्त्रको अवसरमा २०६८ सालमा रेडियो नेपालले आयोजना गरेको ‘लोकगीत प्रतियोगिता’मा तायाहाङ्मा प्रथम भएकी थिइन् । लोकतन्त्रको अवसरमा २०६८ सालमा रेडियो नेपालले आयोजना गरेको ‘लोकगीत प्रतियोगिता’मा तायाहाङ्मा प्रथम भएकी थिइन् ।
तायाहाङ्मा आउादो २५ डिसेम्बरमा हङकङमा हुने एक च्यारिटी कार्यक्रममा सहभागी हुन जाादैछिन् । किरात चाम्लिङ राई खाम्बातिम हङकङले आयोजन गर्ने ‘पारुहाङ सााझ–२’मा आफ्नो प्रस्तुती रहने तायाहाङ्माले बताइन् ।


AAMA MERI AAMA
Singer :Tayahangma Rai
Lyrics/Music : Chandra Lama Anurag
Arranger: Sagar sansar Rai
Album: Sangit Anurag
Maxing: Vikram Karki
Recoardist : Muskan Mukarung
Studio : Sewa Entertainment
Video : Yak Entertainment Pvt. Ltd.
Edit: Rabin B.K
Camera : Madhur Basnet
Make-up Artist : Gaura Rai
Unauthorized downloading and uploading on YouTube channel is Strictly
Prohibited And will attract punitive measures from Tayahangma Rai
Right for this video is provided by Tayahangma Rai

प्रतिक्रिया