Bisal Chautari Logo

प्रतिकको शब्द, पूजनको संगीतमा तायाहाङ्माको ‘कता कता सपनीमा’ सार्वजनिक (भिडियो सहित)

- ६ फाल्गुन २०७३, शुक्रबार १४:४९ मा प्रकाशित


Tayahangma Rai song Kata Kata sapanima Nepali new Song
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ फाल्गुन ६ शुक्रबार । गायिका तायाहाङ्मा राईको स्वरमा रहेको ‘कता कता सपनीमा’ बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय विभन्न कन्सर्ट र गीत रेकर्डिङमा ब्यास्त गायिका तायाहाङ्माले यो गीतलाई रेकर्डिङ स्टुडियोमै लिप्सिङ भिडियो सहित सार्वजनिक गरेकी हुन् । प्रतिक चाम्लिङको शब्द तथा पूजन लोहागणको संगीत र चान्द सिंहको एरेञ्ज रहेको गीति भिडियोलाई गायिका तायाहाङ्माले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
Tayahangma Rai song Kata Kata sapanima Nepali new Songगायिका तायाहाङ्माले सार्वजनिक गीतको बारेमा बोल्दै ‘यो गीतको शब्द, संगीत लगायत गीतको सबैपार्ट सशक्त रहेकोले पनि आफैलाई मनपरेको गीत भएको बताइन् । थप्दै भनिन्, ‘यो गीत श्रोताहरुले मनपराउनु हुन्छ भन्ने सोचेकी छु ।’ गायिका तायाहाङ्माले संगीतकार पूजन लोहागणको संगीतमा धेरै गीतहरु गाएको र उहाको संगीतमा फरकपन मिठास हुने बताइन् ।
यस गीतका गीतकार प्रतिक चाम्लिङ हङकङमा रहेर पनि नेपाली साङ्गीतिक क्षेत्रमा योगदान गरिरहेका स्रष्ठा हुन् । लामो समयदेखी गीत सृजनामा सकृय चाम्लिङपनि यो गीतलाई श्रोताहरुले रुचाउने आसा रहेको बताए । त्यस्तै यस गीतका संगीतकार पूजन लोहागण यो गीतको बारेमा बोल्दै यो गीत सुन्ने सबैले मनपराएको बताए । संगीतकार पुजन सिक्किमबाट नेपाली संगीतमा लामो समयदेखी सकृय रहेका छन् ।
Tayahangma Rai song Kata Kata sapanima Nepali new Song (4)गायिका तायाहाङ्मा राई पछिल्लो समय दास्रो एल्बम ‘तराना’ ल्याएकी थिइन् । गायिका तायाहाङ्मा राई अहिले केही गीतको भिडियोमा ब्यास्त रहेको बताइन् ।

Tayahangma Rai song Kata Kata sapanima Nepali new Song (3)

Tayahangma Rai song Kata Kata sapanima Nepali new Song (2)

Tayahangma Rai song Kata Kata sapanima Nepali new Song (1)

प्रतिक्रिया