Bisal Chautari Logo

१२ वर्षकी यी बालिकाले ८५ भाषामा गीत गाएर विश्व कीर्तिमान राख्ने

- २९ कार्तिक २०७४, बुधबार ११:२६ मा प्रकाशित


The 12-year-old girl has recorded signing a song in 85 languages
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक २९ बुधवार । १२ वर्षकी यी बालिकाले साँच्चिकै दुनियालाई नै चकित बनाएकी छिन् । दुबइमा बस्ने सूचेता शतीस नामकी बालिका ८५ वटा भाषामा गीत गाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा छिन् ।
७ कक्षामा पढ्ने सूचेताले अहिलेपनि सजिलैसाग ८० वटा भाषामा गीत गाउन सक्छिन् । अब चाहीँ ५ भाषा थपेर ८५ वटा भाषामा गित गाउँदै आफ्नो नाम गिनिज बुकमा लेखाउने उनको योजना छ ।
आउँदो २९ डिसेम्बरमा हुने कार्यक्रममा उनले ८५ भाषामा गित गाउनेछिन् । यसका लागि उनले तयारी सुरु गरिसकेकी छिन् । अहिलेसम्म सबैभन्दा धेरै भाषामा गीत गाउने किर्तिमान भारतकै केसीराजु श्रीनिवास र घाजल श्रीनिवासको नाममा छ । उनीहरुले सन् २००८ मा ७६ वटा भाषामा गीत गाएर विश्व् किर्तिमान राखेका थिए ।

प्रतिक्रिया