Bisal Chautari Logo

१६ बर्षिय किशोरीलाइ सबैको सामू बलात्कार गर्न आदेश दिइयो, किन?

- २६ श्रावण २०७४, बिहीबार १०:११ मा प्रकाशित


The 16-year-old teenager was ordered to rape all the people, why?
एजेन्सी
पकिस्तान, २०७४ श्रावण २६ बिहिबार । पाकिस्तानको एक गाउमा मानवीयता भुलेर त्यहाका ठालुहरुले किशोरीलाई बलात्कार गर्ने आदेश गरेका छन ।
rap                                                                                                                                फाइल फोटो

पाकिस्तानको मुल्तानमा एक किशोरीमाथि बलात्कारको आदेश दिएको आरोपमा २० जनालाई पक्राउ गरिएको छ ।
युवतीको दाईले एउटी बालिकामाथि बलात्कार गरेका थिए । त्यसैको बदला स्वरुप पञ्चायतले बहिनीलाई बलात्कार गर्ने आदेश दिएको हो ।
प्रहरीका अनुसार दुवै पीडितका परिवार नातेदार हुन् । दुवै परिवारका व्यक्तिहरुले मिलेर यो आदेश दिएको बताइएको छ ।
प्रहरी अधिकृत अल्लाह बख्सले भने, ‘जिरगा गाउाको पञ्चायतले सजायको रुपमा १६ वर्षीया किशोरीको बलत्कार गर्ने आदेश दियो किनकी उनको दाईले १२ वर्षीया बालिकाको बलात्कार गरेका थिए ।’
१३ वर्षीया बहिनीलाई काकाको छोराले बलात्कार गरेका थिए । यसको सजायका रुपमा जिरगाले उजुरीकर्तालाई अभियुक्तको बहिनीमाथि बलात्कार गर्न आदेश दिएको थियो । पञ्चायतको आदेशसागै बहिनीको बलात्कार भएको थियो ।
पाकिस्तानी पत्रिका डनका अनुसार किशोरीलाई मानिसहरूको अगाडि उपस्थित हुन लगाएर सबैका सामू बलात्कार गरिएको छ ।
दुवै किशोरीका आमाले घटनाको विरोध गरेका थिए । पछि उनीहरूले प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले घटनाका दोषीलाई कारबाही गर्ने जनाएको छ ।
प्रहरीले २५ व्यक्तिहरूमाथि मुद्दा दर्ता गरेको छ । १३ बर्षीय किशोरी बलात्कार गर्ने युवक भने फरार छन् ।

प्रतिक्रिया