Bisal Chautari Logo

१८ बर्षीय युुवतीको शव आर्यघाटमा जल्दा जल्दै प्रहरीस्ले उठाए, कारण यस्तो छ

- १४ मंसिर २०७४, बिहीबार ११:४७ मा प्रकाशित


The 18-year-old woman of the young woman lifted up at Aryaghat
विशाल चौतारी समाचार
रौतहट, २०७४ मंसिर १४बिहिवार । रौतहटको देवाही–गोनाही नगरपालिकामा एक युुवतीको शव जल्दै गरेको बेला परीक्षणका लागि अस्पताल पठाइएको छ । १८ वर्षीया सुुरतिया कुुमारीको शरीरको आधाभन्दा बढी भाग जलिसकेको बेला शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको हो ।
                                                                                                                         फाइल फोटो

उनको शंकास्पद मृत्युु भएको थियो । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर बुधबार राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।
शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।शव प्रहरीले नियन्त्रणमा लिएपछि घर–परिवारका सबै सदस्य घर छाडेर फरार छन् । युुवतीको मृत्युुको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछि मात्र मृत्युुको कारण खुुल्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया