Bisal Chautari Logo

जिम्बावेमा सेनाले सत्ता हत्यायो, राष्ट्रपति घरमै नजरबन्दमा

- ३० कार्तिक २०७४, बिहीबार १०:४१ मा प्रकाशित


The army has killed the government
विशाल चौतारी समाचार
हरारे, २०७४ कात्तिक ३० बिहिवार । जिम्बावेको सेनाले सत्ता हातमा लिएको छ । बुधबार बिहानी पख सरकारी प्रशारण संस्थालाई नियन्त्रण गरेको सेनाले रातिसम्ममा सत्ता हत्याएको हो ।

फाइल फोटो

सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति रोबर्ट मुगाबेलाई घरैमा नजरबन्द गरिएको छ । तर उहाँले आफू सकुशल रहेको जानकारी दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमालाई दिएको छ ।
जिम्बाब्वेको सेनाले देशको शासन सत्ता नियन्त्रणमा लिएपछि बुधबारदेखि नै यहाँका राष्ट्रपतिको अवस्थाको बारेमा विभिन्न अनुमानहरु गरिएका थिए । बुधबार राति राष्ट्रपति जुमाले जिम्बावेका राष्ट्रपति मुगाबेसँग आफ्नो टेलिफोन वार्ता भएको बताएको छ । राष्ट्रपति मुगाबेले आफू निवासमै नजरबन्दमा सकुशल रहेको बताएका छन् ।
जिम्बावेको राजधानी हरारेका सडकहरुमा सेनाका सवारी साधनमात्र देखिएका छन् । सडकहरुमा सवार र अन्य सैनिकहरुले सडकमा समेत गस्ती गरिरहेका देखिन्छन् । उता अफ्रिकी संघले जिम्बावेको सेनाले सत्ता लिएको जनाएको छ । साथै उक्त संघले जिम्बावेको सेनालाई कारवाही रोक्न आह्वान पनि गरेको छ ।
सरकारी टेलीभिजनमार्फत जिम्बावेका एकजना सैनिक जर्नेलले सेनाले विद्रोह नगरेको बताएका छन् । उनले यहाँका राष्ट्रपति रोबर्ट मुगाबे सुरक्षित रहेको पनि सो टिभीमार्फत सार्वजनिक गरेका छन् ।
यहाँको सेनाले औपचारिकरुपमा के गरिरहेको हो भन्ने बारेमा केही बताएको छैन । त्यसैगरी अहिले भइरहेको सैनिक कार्वाहीको नेतृत्व पनि कसले गरिरहेको छ भन्ने कुरा स्पष्ट छैन । रासस

प्रतिक्रिया