Bisal Chautari Logo

धरानमा फालिएको बम बाँदरले टिपेर हिँडे, बाँदलाई खोज्दै जाँदा यस्तो भेटियो

- २० मंसिर २०७४, बुधबार ०७:१९ मा प्रकाशित


The bomb left the monkey
विशाल चौतारी समाचार
धरान,२०७४ मंसिर २० बुधवार । धरानमा फालिएको बम बादरले टिपेर हिँडेको छ । राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले उक्त बम टिपेर लगेको हो । उक्त बम बादले लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए ।
धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ’ भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको इलका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए।
धरानमा बम आतंक बढ्न थालेपछि प्रहरी र नेपाली सेनाले सुरक्षा सतर्कता बढाएका छन्।

प्रतिक्रिया