Bisal Chautari Logo

चन्द्रमामा पनि बच्चा जन्माउन सकिने

- ४ मंसिर २०७४, सोमबार ०७:३६ मा प्रकाशित


The child can also get a moon
एजेन्सी
काठमाडौँ, २०७४ मंसिर ०४ सोमवार । वैज्ञानिकहरुले चन्द्रमामा बच्चा जन्माउने नयाँ योजना तय गरेका छन् । चन्द्रमामा समेत मानिसको शुक्रकिट संग्रह गरी चन्द्रमामै बच्चा पैदा गर्ने योजना उनीहरुको छ ।
यहीँ क्रममा जापानी वैज्ञानिकहरुले अन्तरीक्षको वातावरणका संग्रहित गरिएको मुसाको शुक्रकिटबाट स्वस्थ मुसा पैदा गर्न सफल भएका छन् । यसबाट वैज्ञानिकहरुले पृथ्वी भन्दा बाहिर पनि शुक्रकिटको प्रयोग सम्भव रहेको र अन्तरीक्ष वा बाहिरी ग्रह उपग्रहमा समेत शुक्रकिटलाई जिवित राख्न सकिने कुरा अनुसन्धानबाट पुष्टि भएको छ ।
अन्तरीक्षमा रहेको स्पेश स्टेसनमा उच्च विकिरण हुन्छ र पृथ्वीमा भन्दा त्यस्तो विकिरण एकसय गुणा बढी हुन्छ । त्यस्तो शुक्रकिट जस्ता संवेदनशील कोषिकाहरुमा गम्भीर असर पर्ने जोखिम रहन्छ ।
जापानी वैज्ञानिकहरुले चाहीँ मुसाको ड्राइ शुक्रकिटको नमूनालाई स्टेशनमा ९ महिनासम्म सुरक्षित साथ फ्रिज गरेर राखे र त्यसपछि पृथ्वीमा ल्याएर एक खास तापमानमा राखे ।
उक्त शुक्रकिट एक पोथी मुसामा कृत्रिम गर्भाधान गराएर मुसाका स्वस्थ बच्चाहरु जन्माइयो । यसबाट अब अन्तरीक्षणमा समेत गर्भाधान र बच्चा जन्माउनको कार्य सम्भव रहेको प्रमाणित भएको वैज्ञानिकहरुले बताएका छन् ।

प्रतिक्रिया