Bisal Chautari Logo

बसको ठक्करबाट बालकको मृत्यु

- १९ मंसिर २०७४, मंगलवार १२:०३ मा प्रकाशित


The child’s death from the bus accident
विशाल चौतारी समाचार
झापा ,२०७४ मंसिर १९ मंगलवार । यात्रुबाहक बसको ठक्करबाट आज झापामा एक बालकको मृत्यु भएको छ ।
                                                                                                                              फाइल फोटो

पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नं बसको ठक्करबाट अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका आठ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
तीव्र गतिमा आएको बसले पैदलयात्री बालकलाई अर्जुनधारा–२ झेलेनीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते बालकको बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया