Bisal Chautari Logo

अदालतका नासु घुस लिँदालिँदै पक्राउ

- २३ आश्विन २०७४, सोमबार ११:५८ मा प्रकाशित


The courtesy of the court was arrested while arresting
विशाल चौतारी समाचार
बनेपा, २०७४ असोज २३ सोमबार । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु एक लाख २५ हजार घुस लिँदालिँदै आज धुलिखेलबाट पक्राउ परेका छन् ।
अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए । कुन मुद्दा मिलाउने भन्दै सो रकम घुस लिएको खुल्न सकेको छैन । रासस

प्रतिक्रिया