Bisal Chautari Logo

बुहारीले गरीन ससुरालाई छुरा प्रहार

- २८ भाद्र २०७४, बुधबार १२:४८ मा प्रकाशित


The daughter-in-law of the  shepherd in the carpentry
विशाल चौतारी समाचार
गुल्मी, २०७४ भाद्र २८ बुधलबार। गएराती गुल्मीको आँपचौरमा बुहारीले ससुरालाई छुरा प्रहार गरेर सख्त घाईते बनाएकी छन् । मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरको खर्वाङ्ग गाउँकी ४० वर्षिया गोमा परियारले ५८ वर्षिय ससुरा तुलबहादुर परियारलाई टाउँकोमा छुरा प्रहार गरेकी हुन् ।
मजुवा ईलाका प्रहरी कार्यालयका असाई रमैया यादवका अनुसार घाईते ससुराको टाउकोमा डेढ ईन्च गईराईको चोट लागेको छ । हिजो रातीनै उनलाई मजुवाको रुद्रवती अस्पतालमा उपचार गर्न ल्याईएको थियो । हिजो साँझ तुलबहादुरले नतीलाई हप्काउँदै एक दुई थप्पर पनि लगाएको रिसले बुहारीले एक्कासी ससुरालाई टाउँकोमा छुरा प्रहार गरेको असई यादवले जानकारी दिए ।

प्रतिक्रिया