Bisal Chautari Logo

 बंगलादेश स्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनको कार्यसमिति गठन

- १० बैशाख २०७५, सोमबार ०८:२७ मा प्रकाशित


The Executive Committee of the Nepalese Medical Students Association, formed in Bangladesh
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ बैशाख १०, सोमबार । बंगलादेश स्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनको २०१८ का निम्ति कार्यसमिति गठन कार्यक्रम सम्पन्न भएको छ ! बंगलादेशका बिभिन्न ठाउमा मेडिकल अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको हकहितका निम्ति स्थापना भएको यस संगठनले नेपाली बिधार्थिहरुको ज्वलन्त समस्याहरुलाई प्राथमिकतामा राखी कार्य योजना बनाएको संस्थाका अध्यक्ष नबिन यादबले बताउनु भयो।

कार्यक्रममा बोल्दै यादवले भने -‘डाक्टर बनेर समाज र देशको सेवा गर्ने सपना बोकेर मेडिकल शिक्षा अध्ययन गर्न बर्षेनी हजारौ बिधार्थिहरु बंगलादेश आउने भएपनी उनिहरुको डाक्टर बन्ने दृढ इच्छा शक्ति बोकेर मेडिकल पढ्न आउने अधिकांश बिधार्थिहरु अनेकौ समस्या एवं चुनौतीको शिकार बन्न पुगेकाअ पाइएको छ । यसबारे सम्बन्धित निकाय मौन रहेकाले हामी निकै दुखित छौ। उनि फेरी थप्छन् अब, यसका समाधानका लागि हामी सबैजना एक भइ अगाडी बढ्नुपर्छ ।

बंगलादेशमा अध्ययन गर्ने नेपलिहरु बीच नै एकता नरहेकोले चिन्ता ब्यक्त गर्दै अब यथासिघ्र सबै नेपाली बिधार्थीहरलाइ एकत्रित भइ अगाडी बढ्न समेत अनुरोध गरेका थिए । अब चाडै बंगलादेशका अरु ठाउहरुमा पनि संगठन बिस्तार गरेर लैजाने अध्यक्ष यादबले बताए।

कार्य समितिमा नबिन यादव,शिव शंकर साह,रमन कार्की,जुनैद अहमद ,सर्बग्यालाल प्रधान,लोकेश्वोर चौरसिया,अंकिता पालिखे ,श्रेष्मा देबकोटा ,नताशा भट्टराई ,न्यान्शी साह,श्वेत शर्मा ,राधा खड्का,जेनिया राई रहेका छन् भने ढाका डिभिजन कार्यसमितिमा अप्सरा घिमिरे,सुनिल रौनियार,रिजवान ओबैद खान,अभिषेक पाण्डे,रितेश ठाकुर,ब्रोमिषा बुढाथोकी,प्रकाश यादब ,शोभा पाण्डे एवं सरु योना महर्जन रहेका छन्।

प्रतिक्रिया