Bisal Chautari Logo

चर्चित मोडल, पैसाको नोटले जिउ ढाकी रेलभित्र पसेपछि

- २३ भाद्र २०७४, शुक्रबार ०७:४४ मा प्रकाशित


The famous model, ware money note
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र २३ शुक्रबार। अमेरिकाको न्युयोर्क्स्थित जिउमा पैसाको लुगा लगाएकी एक युवती मेट्रो रेलभित्र छिरिन् र आफूसँग भेटिएको मानिसलाई उनले चाहिने जति पैसा आफ्नो जिउबाट च्यातेर लैजान भनिन् ।
मेट्रो रेलभित्र मात्र होइन, न्युयोर्कको सडकमै पनि उनी पैसाको पहिरन लगाएर हिँडिन् । यो काममा ती महिलाका ब्वायफ्रेण्डले पनि सघाइरहे । दुबैजनाले इश्वरबाट आफूहरुलाई नाम, दाम तथा खुसी सबै प्राप्त भएको बताउँछन् । अब पालो आयो, मानिसहरुलाई सहयोग गर्ने । त्यसैले उनीहरुले गरीब तथा पैसाको निकै खाँचो भएका मानिसहरुलाई सहयोग गर्न यस्तो अनौठो उपाय अपनाएका छन् ।
यी महिला अहिले केवल आफ्नो देशमा मात्र होइन, दुनियाभर चर्चामा छिन् । सोसल मिडियामा यिनको पहिरनको खुब चर्चा भइरहेको छ । नहोस् पनि किन ? यिनले पूरै जिन्दगीभरलाई खर्च गर्न पुग्ने पैसा नै जिउमा भिरेकी छिन् । तर यसो गर्नुका पछाडि केही कारण छ ।
तर सोसल मिडियामा उनीहरुको यो कामप्रति कतिपयले प्रश्न उठाएका छन् । आखिर ती महिलाले मात्र किन नोटको पहिरन लगाइन् र उनको ब्वायफ्रेण्डले किन यस्तो पहिरन लगाएनन् ?
नोटले जिउ ढाकेर गरीबलाई पैसा बाँड्दै हिँड्ने ती महिला वास्तवमा चर्चित मोडेल विकी सिपोलिटाकी हुन् । अर्जे्न्टिनी मोडेल विकीले चर्चा पाउनका लागि यसो गरेको बताइन्छ । तर सुन्दरी मोडेलले गरीब तथा खाँचो भएकाहरुलाई पैसा बाँड्दा पैसा पाउनेहरु मात्र होइन, उनीसँग भेट हुनेहरु पनि निकै खुसी भए ।

प्रतिक्रिया