Bisal Chautari Logo

निशान भट्टराईका ‘आफ्नै छायासँग पनि डाहा लाग्छ’ बोलको पहिलो गीत सार्वजानीक (भिडियो सहित)

- ८ माघ २०७४, सोमबार ११:३५ मा प्रकाशित


The first song of Nishasn Bhattarai is public
विशाल चैतारी समाचार
काठमाडौ, २०७४ माघ ०८ सोमबार । लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत बाहिरीएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो ।
नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो ।
उनको नयाँ गीतको पर्खाइमा रहेका करोडौँ फ्यानका लागि निशानको गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको भिडियो निर्देशक युवराज वाइबाले जानकारी दिएका छन् ।
वाइबा अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक हुन् । भिडियोमा उनले निशानसहित नायिका जेबिका कार्की र अनिल थापालाई फिचर गरेका छन् । प्रदिप चापागाईँको शब्द रहेको गीतमा आनन्द राईको शब्द र निशान भट्टराईको स्वर छ । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 Vocal: Nishan Bhattarai
Lyrics : Pradeep Chapagain
Music : Anand Rai
Arranger : Gopal Rasaily
Mix/ Mastering : Govinda Soni
Actors : Anil/ Jebicca
MUA : Lokesh Thapa
Camera : Utsav Dahal
Edit : Nishan Ghimire
Director : Yubraj Waiba

प्रतिक्रिया