Bisal Chautari Logo

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बजेट ४१ करोड ५५ लाख २३ हजार बिनियोजन

- १० असार २०७६, मंगलवार १५:५४ मा प्रकाशित


khotang news – Diprung chuichumma gaupalika
विशाल चौतारी समाचार
खोटाङ, २०७६ असाढ १० मंगलबार ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७को नीति तथा कार्यक्रमका लागी कुल ४१ करोड ५५ लाख २३ हजार बराबरको वार्षिक बजेट पारित गरेको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यलयमा आज १० गते बसेको पाँचौ गाउँसभाबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राईले प्रस्तुत गरेको बजेटमा आय तर्फ नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण (निशर्त अनुदान) अन्तर्गत रु ९ करोड २ लाख, केन्द्रिय राजश्व वाडफाटबाट ६ करोड ९९ लाख, प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान तर्फ ६९ लाख ९७ हजार, सवारी साधन कर तर्फवाट ५० लाख ८० हजार बिनियोजन भएको छ ।
गाउँपालिकाको राजश्व प्राप्तिवाट १० लाख ५० हजार, मालपोत रजिष्ट्रेशन शुल्कवाट प्राप्त हुने रु २ लाख ९० हजार र प्रशासनीक सुधारवाट प्राप्त हुने ५० लाख समेत जम्मा १७ करोड ८५ लाख १७ हजार प्राप्त भएको र सशर्त अनुदान तर्फ पूर्व निर्धारित क्षेत्रमै खर्च गर्नुपर्ने भएकाले सो तर्फ कुनै कार्यक्रम तय गर्नु नपर्ने भएको गाउँपालिकाले बताएको छ ।

विभिन्न मन्त्रालयवाट तथा निकायबाट मन्त्रालयबाट नै तय भई आएको सशर्त अनुदान तर्फ शिक्षा तर्फ १२ करोड ३ लाख ४५ हजार, स्वास्थ्य सेवा तर्फ २ करोड ८५ लाख ७८ हजार, कृषि तथा पशु विकास तर्फ ७६ लाख ७९ हजार, पर्यटनपूर्वाधार विकास आयोजना अन्र्तगत धिप्लुङ झरना पर्यटन पूर्वाधार विकास रु २० लाख, खेलकुद विकास कार्यक्रम अन्र्तगत राष्ट्रपति रनिङ सिल्ड १ लाख, राष्ट्रिय ग्रामिण तथा नविकरणीय उर्जा कार्यक्रमको लागि १४ लाख २५ हजार, झुलुङगे पुल निर्माण कार्यक्रम अन्र्तगत दिखुवा दोभान खमारे दोभान झोलुङगे पुलको लागि ३५ लाख, साना सिंचाई कार्यक्रम अन्र्तगत विभिन्न सिंचाई आयोजनाको लागि १ करोड १० लाख १४ हजार, प्रधान मन्त्री रोजगार कार्यक्रम अन्तरगत ५ लाख २५ हजार गरी कुल जम्मा १७ करोड ४३ लाख तथा सामाजिक सुरक्षा भत्ताका लागि प्राप्त हुने रकम ६ करोड बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि १३ लाख ४३ हजार समेत ४१ करोड ५५ लाख २३ हजारको कुल वजेटको बिनियोजन भएको छ ।
त्यस्तै कुल बजेट मध्ये गाउँपालिकाले व्यहोर्नु पर्ने अनिवार्य दायित्व भित्र रहेको प्रशासनीक तथा व्यवस्थापकीय व्यवस्थापनका लागि चालु तर्फ जम्मा रु. ५ करोड छुट्याईएको छ । उक्त रकम कुल खर्च गर्नका लागि छुट्याइएको रकमको करिब १२.% हुन आउँछ । यसै गरी पुँजिगत तर्फ छुट्याईएको रु १७ करोड ८५ लाख १७ हजारको २८% हुन आउछ । वडा समितिको कार्यलयवाट बस्ति स्तर हुदै सहभागीता मुलक तवरले ल्याइएको कुल आयोजना तथा कार्यक्रमहरुको लागि र गाउँपालिका स्तरमा छनौट भएका आयोजना तथा कार्यक्रमहरुको लागि र आगामी वर्ष पनि गाउँपालिकाले निरन्तरता दिनु पर्ने कार्यक्रमको लागि जम्मा रु १२ करोड ८५ लाख १७ हजार योजना तथा कार्यक्रमका लागि बिनियोजन भएको छ ।

उपाध्यक्ष सपनाद्वारा प्रस्तुत गरिएको निति तथा कार्यक्रमलाई दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले पारित भएको घोषणा गरेका थिए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षसंग गरिएको कुराकानी

प्रतिक्रिया