सरकारले ल्यायो देउसीभैलो खेल्ने यस्तो नियम, नियाम पालना नगरे गईएला मामाघर

The government has brought the rules for Tihar
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २६ बिहीबार । तिहारमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाउने गृहमन्त्रालयले जनाएको छ । सुरक्षाको विषयलाई लिएर बेलुका १० बजेसम्म मात्र देउसी(भैलोलगायत सांस्कृतिक कार्यक्रम गर्न आग्रह गर्दै एक विज्ञप्ति जारी गरेको हो ।
                                                                                                                                 फाइल फोटो

विभिन्न किसिममा अवाञ्छित गतिविधि रोक्न तथा शान्ति सुरक्षामा प्रतिकुल असर नपुगोस भन्दै राति १० बजे सम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको हो ।
तिहारलाई लक्षित गर्दै पड्काईने विस्पोटक पदार्थ पटका,भुचम्पा लगायत कुराहरू पनि पड्काउन निषेध गरिएको तथा त्यस्ता सामग्रीको आयात तथा ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्नेलाई समेत कारबाही गरिने गृहले जनाएको छ।