Bisal Chautari Logo

चलचित्र ‘तिमी सँग’को शिर्ष गीतमा साम्राज्ञी र आकाशको प्रेम झल्कियो (भिडियो सहित)

- ७ चैत्र २०७४, बुधबार १७:१७ मा प्रकाशित


Samragyee RL Shah and Aakash Shrestha movie TIMI SANGA Title Song
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत ७, बुधबार । चलचित्र ‘तिमी सँग’को शिर्ष गीत सार्वजनिक भएको छ । नमन प्रोडक्शन नेपालको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई शिशिर राणाले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रको यो गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीको स्वर, राहुलकै संगीत, लेखु सहयात्रीको शब्द छ ।
यो गीतको भिडियोमा नायिका सामाज्ञी राज्यलक्ष्मी शाह र नायक आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । आकाश र साम्राज्ञीको जोडी गीतमा गज्जबले जमेको छ । चलचित्रमा नाजिर हुसेन, सुनिल बीक, शिशिर राणाको पनि मुख्य भूमिका छ ।
शिशिर खातीले यो भिडियोको कोरियोग्राफी गरेका हुन् भने सुशिल क्षेत्रीले छायांकन गरेका हुन् । यो चलचित्र चैत्र २३ गतेबाट रिलिज हुँदैछ । चलचित्रले ३ अपरिचित पात्रको यात्रा, प्रेम, विछोड र कमेडी कथालाई प्रस्तुत गरेको छ । चलचित्र राम्रो बनाउने प्रयास गरिएको भन्दै कलाकार र यसको निर्माणपक्षले दर्शकले मन पराउने अपेक्षा गरेको छ ।

TIMI SANGA Title Song – New Nepali Movie 2018 | Ft. Samragyee RL Shah, Aakash Shrestha, Najir Husen


A Shishir SJB Rana Film
Song: Timi Sanga
Vocal: Madhura Bhattacharya, Rahul Mukherjee
Music: Rahul Mukherjee
Lyrics: Lekhu Sahayatri
Choreographer: Sishir Khati
Colorist: Manoranjan Shrestha
Artist: Samragyee RL Shah, Aakash Shrestha, Nazir Husen

प्रतिक्रिया