Bisal Chautari Logo

बालक हत्याको घटनाले कन्चनपुरमा तनावग्रस्त, अँश्रु ग्यास प्रहार

- ३० भाद्र २०७४, शुक्रबार ०९:१२ मा प्रकाशित


The incident of child murder caused stress on Kanchanpur
विशाल चौतारी समाचार
कन्चनपुर, २०७४ भाद्र ३० शुक्रबार भिमदत्त नगरपालिका–७ हल्दुखालका १३ वषिर्य बालक चन्दको हत्या गर्ने आशिष अधिकारिको गोठमा आगजनी भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।

हत्या गरिएका बालकका आफन्तको आक्रोशित भिडले अधिकारीको गोठसँगै घरमा समेत आगजनी गर्ने प्रयास गरेका थिए ।आगजनीबाट गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कन्चनपरले जानकारी दिएको छ ।
प्रहरीमाथी नै ढुङगामुढा प्रहार भएपछि स्थिति नियन्त्रण लिन प्रहरीले ७ सेल अँश्रुग्यास हानेको छ । हत्या गरिएका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए ।
हत्यामा संलग्न भएका उनका साथिहरू आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति ८ बजे प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया