Bisal Chautari Logo

‘दि कर्मा’को थिम पोस्टर सार्वजनिक गर्दै घोषणा || बलिउडदेखी नेपाली कलाकारसम्म चलचित्रमा

- २५ श्रावण २०७४, बुधबार १२:०७ मा प्रकाशित


the karma nepali movie
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २५ बुधबार । थिम पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘दि कर्मा’ घोषणा गरिएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहि बन्न लागेको यो चलचित्रलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् ।
the karma nepali movieनेपाल–भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ । मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो चलचित्रमा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ । बलीउड तथा दक्षीण भारतिय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ’अञ्जान’, ’ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो चलचित्रमा दिपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् ।
भाद्र महिनाभित्र मुहर्त गरिने यो चलचित्रमा अर्का कलाकार करण आहुजाको पनि महत्वपूर्भ भूमिका रहनेछ । भारतको दिल्लीका बासिन्दा करण चलचित्रको दोश्रो प्रमूख कलाकारको रुपमा रहनेछन् । करण भारतका सफल मोडल हुन् । उनले टलीउड चलचित्रमा पनि काम गरिरहेका छन् । चलचित्रमा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ भने अभिनेत्रीको भने छनौट भईसकेको छैन । चलचित्रको मुहर्त अवधिसम्म अभिनेत्री छनौट गरेर वर्कशपमा जाने निर्देशक घिमिरेले बताए । मुहर्तमा चलचित्रमा अभिनय गर्ने सम्पूर्ण कलाकार नेपाल आउनेछन् । चलचित्रको वर्कशप २० दिन सम्म चल्नेछ ।
जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान चलचित्र ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । २०७४ भित्रै रिलीज लक्ष्य राखिएको यो चलचित्र कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । जय राज रोएको कथामा रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् ।
जय राज रोए र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रोएले बताए ।

सार्वजनिक २ पोष्टर हेनुहोस् :

the karma nepali movie (1)

the karma nepali movie (2)

प्रतिक्रिया