Bisal Chautari Logo

लामो खुट्टा भएकै कारण गिनिज बुकमा नाम लेखाइन

- २५ भाद्र २०७४, आईतवार ०७:०६ मा प्रकाशित


The long legs of the world
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र २५ आइतबार । रसियन मोडेल इकाटेरिना लिसिनाले विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् ।
कुनैबेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनुपरेकी थिइन ।
६ फिट ९ इन्च अग्ली मोडेल लिसिनाको नाउँमा विश्वकै अग्ली मोडेलको किर्तिमान यसअघि नै कायम भैसकेको छ ।२९ वर्षकी लिसिनाको बायाँ खुट्टाको लम्बाई १३२.८ सेन्टिमिटर छ भने दायाँ खुट्टाको लम्बाई १३२.२ सेन्टिमिटर रहेको छ ।
वास्तवमा लिसिनाको खान्दान नै अग्लो छ । उनका दाजू ६फिट ६इन्च अग्ला छन् । जबकी उनका बुवा ६फिट ५ इन्च अग्ला छन् भने आमा ६फिट १ इन्च अग्ली ।
गिनिज बुकमा नाम लेखाउन पाउँदै निकै अनौठो अनुभुति भैरहेको भन्दै यसले दिनानुदिन पाइरहेको सकारात्मक दृष्टिमा अझै बढोत्र्ती हुने विश्वास उनको छ ।
किशोरावस्थामा लामो जिउकै कारण खिसिट्यूरीको सिकार भएकी लिसिनाले त्यतिबेलै व्यवसायिक मोडेल हुने अठोट गरेकी थिइन् ।सन् २००८ को ओलम्पिक खेलमा उनी रुसका राष्ट्रिय बास्केटबल टोलीमा परिन् र कास्यपदक हात पारिन् ।

प्रतिक्रिया