Bisal Chautari Logo

मेस्सीले पेनाल्टीमा गोल गर्न सकेन, बार्सिलोनाको हार

- ४ माघ २०७४, बिहीबार ०९:५४ मा प्रकाशित


The Messi could not score in the penalty, Barcelona’s defeat
विशाल चौतारी समाचार
टोकियो, २०७४ माघ ४ बिहिबार । कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । अवे मैदानमा बुधबार राति भएको खेलमा स्पानियोलसँग १–० ले पराजित भएको हो ।
पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको थियो । ६२ औँ मिनेटमा एको त्यो पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन् ।स्पानियोलका खेलाडीले सेर्गी रोबर्टोलाई फउल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो ।
स्पानियोलका गोलरक्षक डिएगो लोपेजले मेस्सीको प्रहारलाई रोके । अग्रता लिने मौका गुमाएको बार्सिलोना ८८ औँ मिनेटमा स्पानियोलका ओस्कार मेलेन्डोले गोल गरेपछि पराजित हुन बाध्य भयो

प्रतिक्रिया