Bisal Chautari Logo

तरकारीवालीको अभिनय रहेको चलचित्र ‘लम्फु’ का गीत सार्वजनिक (भिडियो सहित)

- १७ माघ २०७४, बुधबार १२:५५ मा प्रकाशित


The movie ‘Lampu’ is a movie of acting in the movie with public video
विशाल चैतारी समाचार
काठमाण्डौ, २०७४ माघ १७ बुधबार । तरकारीवालीबाट चर्चित कुशुम श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लम्फु’ का गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले चलचित्रका अडियो गीतहरु जुबक्स मार्फत सार्वजनिक गरेको हो ।
चलचित्रमा ‘सँगै जिउने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका ४ गीत रहेका छन् । ती चारै गीतमा अर्जुन पोखरेको संगीत छ, भने स्वर प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेको रहेको छ । गोपाल चन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’बाट नव–नायक कबिर खड्काले डेब्यू गर्दैछन् ।
कबिरसहित चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवालीउर्फ कुशुमले यसै चलचित्रबाट अभिनयमा डेब्यू गरेकी हुन् ।

प्रतिक्रिया