Bisal Chautari Logo

छोराको पीडीत यी आमा: छोराबाट ज्यान जोगाउनका लागि छिमेकीको सहारा

- २८ पुष २०७४, शुक्रबार १३:०० मा प्रकाशित


The neighbor’s support to protect his life from his son
विशाल चौतारी समाचार
पाल्पा ,२०७४ पुस २८ शुक्रबार । तीन वर्षअघि गएको भूकम्पको पीडा अहिले पनि सम्झिदा मनमा त्यो क्षण ताजै छ । भूकम्पले देशमा ठूलो धनजनको क्षति पु¥यायो, त्यो कहालीलाग्दो घटना बिर्सन जो कसैले सक्दैन । यस्तै, माथागढी गाउँपालिका(१ चिदीपानी बस्ने कल्पना गिरीलाई पनि भूकम्प जीवनकै अभिशाप बनेर आयो ।
                                                                                                                   फाइल फोटो

भूकम्पका कारण छोरा गोविन्द गिरीले मानसिक सन्तुलन गुमाएपछि उहाँलाई दिनहुँ भूकम्प गएको महसुश भएको छ । भारतमा रोजगारी गरिरहेका गोविन्दले भूकम्पले भत्किएको घरको तस्बीर गाउँका साथीभाइले फेसबुकमा पोष्ट गरेको देखेपछि मानसिक सन्तुलन गुमाएका हुन् । २२ वर्षीय छोरा गोविन्दको मानसिकरुपमा सन्तुलन गुमेपछि रातदिन उहाँ पीडामा बाँचिरहनुभएको छ ।
“सन्तान भनेको बूढेसकालको सहारा भन्छन् तर बूढेसकालमा सन्तानबाट सहारा पाउनुको सट्टामा त्यही सन्तानले जीवन(मरणको दोसाँधमा पु¥याउन थालेको छ”, उहाँले भन्नुभयो ।
घरको अवस्था नाजुक भएपछि कमाई गर्न छोरो भारत पुगेपछि निकै हर्षित बन्नुभएकी गिरी भूकम्पले छोराको मानसिक सन्तुलन गुमेपछि उहाँलाई न दिनमा भोक न रातमा निद्रा छ । घर भत्किएको दृश्य मोबाइलमा देखेपछि आमाबाबुको पीडा सहन नसक्दा गोविन्दको मानसिक सन्तुलन नै गुम्यो । “घर भत्कियो होइन रु” फोनमा त्यत्ति नै कुरा भएको थियो, सम्भवतः छोरा सँगको त्यही नै अन्तिम राम्रो बोली भयो”, गिरीले भन्नुभयो ।

गोविन्द मानसिक सन्तुलन गुमाएपछि भारतका विभिन्न बजारमा बेवारिसे भए । भारतका विभिन्न शहरमा छोरो बेवारिसे अवस्थामा रहेको थाहा पाएपछि उहाँ छोराको खोजीमा भारत पनि पुग्नुभयो । तर छोराको पत्तो नलागेपछि उहाँ गहभरि आँसु बोकेर घर फर्कनुभयो ।
घर फर्केको एक महिनापछि मानसिक रुपमा विक्षिप्त भएको छोरालाई प्रहरीले भेटेको खबर पाएपछि निकै हर्षित भएको उहाँले बताउनुभयो । भारतको मुम्बै पुगेर छोरालाई भेट्दाको क्षण त कल्पना गरेभन्दा धेरै फरक पाउनुभयो । मानसिक सन्तुलन गुमाएको छोरालाई घरमा त ल्याएँ, त्यसपछि छोराले उपद्रो मच्चाउँदा त्यही छोराबाट ज्यान जोगाउनका लागि छिमेकीको सहारा लिनु परेको गिरीको दुखेसो छ ।
छोराको उपचारका लागि उहाँले धेरै रकम खर्च गर्नुभयो तर छोराको अवस्था उस्तै छ । सास रहेसम्म आश पलाउँछ भनेझैँ धेरै ठाउँमा उपचार गरेपछि अन्तमा बुटवलस्थित ड्राइभर टोलमा शाहीराम माताको सहयोगमा मासिक रु ३५ हजार खर्च बेहोर्ने गरी रुपन्देहीको चौतारी नेपाल हेल्थ फाउण्डेशन नामक अस्पतालमा छोरालाई उपचार गराइराखेको गिरीले बताउनुभयो । उपचारमा खर्च गरेअनुसार छोराको अवस्थामा सुधार नआउँदा उहाँलाई झन् चिन्ताले सताउन थालेको छ । रासस

प्रतिक्रिया