Bisal Chautari Logo

इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी, मोस्ट वान्टेडमा नवराज सिलवाललाई राख्यो

- ८ माघ २०७४, सोमबार ११:१७ मा प्रकाशित


Navaraj Silwal was kept at Most Wanted
विशाल चैतारी समाचार
काठमाडौ, २०७४ माघ ०८ सोमबार । पूर्व डिआइजी तथा नेकपा एमालेका सनवराज सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।
नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो । बढुवाको लागि कार्य सम्पादन मुल्याङ्खकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि नेपाल प्रहरीको सिफारिसमा १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ ।
इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि अब १ सय ९२ देशका प्रहरीले नवराज सिलवाललाई पक्रेर नेपाल प्रहरीलाई बुझाउन सक्नेछन् । सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीको टोलीले नेपाल भरी पनि खोजी तिव्र पारेको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले गोदावरीमा रहेको उनको घरमा र ललितपुरको भट्टेडाँडामा खाजे पनि नभेटिएपछि नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको हो ।
सिलवाल अहिले नेपालमा नै नरहेको प्रहरीको आशंका छ । प्रहरी महानीरिक्षक बन्न नसकेपछि राजिनामा दिएका सिलवाल एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट सांसद चुनिएका थिए ।

प्रतिक्रिया