Bisal Chautari Logo

राष्ट्रपति कार्यलयलेलाई नेपाली मिति पनि थाहा छैन २०७४ फागुन ३ गतेलाई २०७३ फागुन ३ गते लेखे

- ३ फाल्गुन २०७४, बिहीबार ०९:३० मा प्रकाशित


The President’s Office does not even know the date
विशाल चौतारी समाचार ।
काठमाडौँ, २०७४ फाल्गुन ३ बिहिबार । आज मिति २०७४ साल फागुन ३ गते हो । केपी शर्मा ओलीलाई प्रधातमन्त्रीको पदमा नियुक्ति गर्दै राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सुरुमा मिति २०७३ फागुन ३ गते लेखिएको छ । सबैभन्दा तल फेरी २०७४ फागुन ३ गते नै लेखिएको छ ।
काठमाडौँ । ९नेकपा० एमालेकाअध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । देशको ४१ औं प्रधानमन्त्रीको रुपमा ओली नियुक्त भएका हुन् ।
ओली दोस्रो पटक प्रधामन्त्रीमा नियुक्त भएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट ओलीलाई बहुमतका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
आज मिति २०७४ साल फागुन ३ गते हो । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिको सबैभन्दा तल फेरी २०७४ फागुन ३ गते नै लेखिएको छ । विज्ञप्तिको अन्तिममा राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालको हस्ताक्षर रहेको छ । राष्ट्रपति कार्यलयले नै यस्तो गम्भिर त्रुटी गर्नु अशोभनिय देखिएको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको यो विज्ञप्तिमा यस्तो लेखिएको छ,‘ ‘सुरुको डेडलाइनमा आज मिति २०७३ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजित प्रतिनिधि सभाका सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’’

प्रतिक्रिया