Bisal Chautari Logo

च्याम्पियन्स लिग रियल मड्रिडको सानदार जितसँगै अन्तिम १६ मा प्रवेश

- ६ मंसिर २०७४, बुधबार १२:१८ मा प्रकाशित


The Real Victory of Real Madrid
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०६ बुधवार । रियल मड्रिड र बेसिकटास युरोपिनय च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन्। रियल मड्रिड अपोल निकोसियालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुगेको हो।
रियलका लागि करिम बेन्जामा र क्रिस्टियानो रोनाल्डोले २–२ गोल गरे। यस्तै लुका मोडरिच र नाचो फर्नान्डेजले १–१ गोल गरे। जितपछि समूह एचमा ५ खेलबाट रियलले १० अंक जोडेको छ। यसै समूहमा अन्तिम १६ मा पुगिसकेको टोटनहमले बोरुसिया डर्मण्डलाई २–१ ले पराजित गरेको छ।
यता पोर्टोसँग १–१ को बराबरी खेलेको टर्कीस क्लब बेसिकटास समूह चरणमा एक खेल बाँकी छ । अनतिम १६ स्थान बनाएको छ। फिलिपेले गोल गर्दै पोर्टोलाई पहिले अग्रता दिलाएपनि बेसिकटासका लागि एन्डनरसन टलिक्काले बराबरी गोल फर्काएका थिए। बराबरीपछि बेसिकटासको ५ खेलबाट ११ अंक छ र समूह जी को विजेता बन्ने पक्का छ।

प्रतिक्रिया