Bisal Chautari Logo

दिल्लीबाट काठमाडौं आउँदै गरेको जहाजमा चिल ठोक्कियो

- ४ मंसिर २०७४, सोमबार ११:२८ मा प्रकाशित


The ship arrives from Delhi to Kathmandu
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०४ सोमवार । अन्तर्रा्ष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चीलसँग ठोक्किएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ ।
चिल ठोक्किएपछि जहाजको नाक ९अगाडिको भागमा ठूलो क्षति पुगेको छ ।भारतको नयाँदिल्लीबाट शनिबार मध्याह्न काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिटयुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको थियो ।
जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए । कलसाइन ‘९ एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १ सय ३५ यात्रु थिए । यो जहाज निगमले दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको थियो ।

 

प्रतिक्रिया